ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज : लिभिंग टुगेदरमा रहेका प्रेमीले यसरी मारे एकल महिला प्रेमिकालाई


राजविराज : लिभिंग टुगेदरमा रहेका प्रेमीले यसरी मारे एकल महिला प्रेमिकालाई

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा एक जना प्रेमीले लिभिङ टुगेदरमा बस्दै आएकी प्रेमिकाको हत्या गरेको खुलेको छ ।

बलान बिहुल गाउँपालिका वडा नम्बर ६ घर भई राजविराज ४ स्थित डेरा कोठामा बस्दै आएकी ४१ बर्षीया सोनिता देवीको राजविराज ६ बस्ने ४२ बषपर््य शंकर शर्माले हत्या गरेको खुलेको हो । यादव र शर्मा लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएका थिए ।

शर्माले २४ बैशाखको बिहान ३ बजेतिर सोनिताको घाँटीमा सलले कसेर हत्या गरेको पाइएको सप्तरी प्रहरीका प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । मारेपछि शंकरले सोनिताले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर फरार भएको देखिएको उनले बताए ।

एकल महिला सोनिता केहि बर्षदेखि राजविराजमै बस्दै आएकी थिइन् ।

शंका बन्यो हत्याको कारण

लिभिङ टुगेदरमा बस्दै आएका शंकलाई सुनिताको कुनै अन्य व्यक्तिसँग सम्बन्ध रहेको शंका लाग्यो । उनले सोनितालाई राजविराज बजारमा कोहि केटासँग गफ गरिरहेको देखे । यहीं बिषयमा उनीहरुबीच विवाद भयो । २३ बैशाखको साँझ दुबैबीच विवाद भएर हो–हल्ला हुँदा घरधनी शान्ति साह उनीहरुको कोठामा आएकी थिइन् । त्यस क्रममा दुबैले लेनदेनको विवाद भएको बताएर घरधनीलाई पठाएका थिए ।

२३ बैशाखमा दुबै जनाले चाउचाउ पकाएर खाए । राती करिब ११ बजेतिर सोनिताको लागि धेरै रकम खर्च गरेको, अहिले आएर उनी अरुसँग लागेको, आफूसँग टाढा हुँदै गएको महसुस भएपछि पुनः दुबैबीच विवाद हुन थालेको थियो । विवादकै क्रममा शंकरले मेरो पैसा, मेरो जिन्दगी सबै बर्बाद पारिस भन्दा सोनिताले आफ्नो सलले आफैं घाँटीमा बेरी म मरिदिन्छु भनी धम्क्याउन थालेकी थिइन् । ‘तँ किन मर्छेस, मै मारिदिन्छु भनी शंकरले धकेलेछन् । धकेल्दा सोनिता खाटको किनारमा ठोक्किन पुगिन्’ एसपी कार्कीले भने, ‘सोनिताको अनुहारमा चोट लागेको पाइएपछि शंकरले उठाएर खाटमा राखेको र घाँटीमा बेरिएको सललाई जोडले कसेछन् । ८ ÷१० मिनेट पछि नै सोनिताको मृत्यु भएपछि शंकर उनले कानमा लगाएको मुन्द्रा र मोवाइल लिएर भागे ।’

सोनितालाई मारे । शंकर सो दिन भारतको अन्द्रामण्ठतिर गएर बसे । मृतकको मोवाइल प्रयोग गरी शंकरले राजविराज ६ बस्ने दिदीलाई घट्नाको बारेमा जानकारी गराउँदै गएर हेन्र अह्राएपनि उनकी दिदीले सो कुरा अस्वीकार गरेकी थिइन् ।

प्रहरीले शंकरलाई २६ बैशाखमा तिलाठी कोइलाडी गाउँपालिका १ क्षेत्रबाट पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा सप्तरी जिल्ला अदालवतबाट म्याद लिई अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

साना करदातालाई सुविधा : चार चार महिनामा कर र सोको विवरण पेश गरे हुने 

Next Post

सप्तरी कारागारबाट सात जनाको कैद मिनाहा, दुई जना बहुविवाह मुद्दाका 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी कारागारबाट सात जनाको कैद मिनाहा, दुई जना बहुविवाह मुद्दाका 

सप्तरी कारागारबाट सात जनाको कैद मिनाहा, दुई जना बहुविवाह मुद्दाका 

संसदमै शहीदलाई सम्झँदै डा. राउतले गरे र गराए मौनधारण

सप्तरीमा रसायनिक मलखाद्यको उद्योग संचालन गर्नेबारे भारतीय सरकारसँग पहल गरेको छु ः सिके राउत

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

विदेशमा रहेका पतिसँग फोनमा विवाद हुँदा पत्नीले खाइन बिष

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

राजविराजमा नर्सिङ कलेज भवनकाे उद्घाटन 

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

सरकारी कर्मचारीले भने-उपेन्द्र यादवलाई हराएपछी सप्तरीका जनता पश्चातापमा डुबेका छन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.