राजविराज । जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरीमा रसायनिक मलखाद्यको उद्योग संचालन गर्नेबारे भारतीय सरकारसँग पहल गरेको बताएका छन् ।
हालै भारत भ्रमणमा गएका डा. राउतले रसायनिक मलखाद्य, दुग्ध तथा कृषिजन्य उद्योग विज्ञान केन्द्र तथा प्लानेटेरियम, कोशी व्यारेजदेखि जिल्लाको तरहीसम्मको कोशी नहर सडक खण्ड निर्माण, भारदहस्थित कोशी कोलोनीमा उद्योग संचालन सम्बन्धी पहल गरेको डा. राउतले बताएका छन् ।
एवं सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका राउतले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा सप्तरीबासीको हितको लागि यसलाई स्वीकार गर्दै सम्झौता गर्नेछन् भनी सामाजिक संजाल फेसबुक मार्फत् विश्वास व्यक्त गरेका छन् ।