ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न प्रेस युनियनको माग


लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गर्न प्रेस युनियनको माग

Loading

राजविराज । नेपाल प्रेस युनियनले सरकारले सञ्चारमाध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनवापतको रकम भुक्तानी सरल तथा सहज बनाउँदै विज्ञापनबापतको रकम वृद्धि गर्न माग गरेको छ ।

भक्तपुरमा मंगलबार सम्पन्न भएको युनियनको बैठकले उक्त माग गरेको हो । बैठकले स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण र सम्वद्र्धनका लागि सरकार तथा सम्बद्ध सरकारी निकायलाई विशेष आग्रह गर्ने र साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षण गर्ने नीति लिन, एफएम रेडियोहरूको नवीकरण राजस्वमा उल्लेख्य छुट दिन सरकारसँग माग गरेको महासचिव दिलिप पौडेलले जानकारी दिए ।

उनका अनुसार मुलुकमा देखिएको आर्थिक मन्दीका कारण साना लगानीका स्वरोजगारमूलक सञ्चारमाध्यम सञ्चालन गर्न कठिनाइ भइरहेको सन्दर्भमा सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले दिने समाचार सेवा निःशुल्क उपलब्ध गराउन पनि बैठकले आग्रह गरेको छ ।

केही सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारको पारिश्रमिक समयमा उपलब्ध नगराएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बैठकले पत्रकारले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न, न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न तथा श्रमजीवी पत्रकारको सामाजिक सुरक्षाका लागि कल्याणकारी कोष निर्माण गर्न सञ्चार प्रतिष्ठानहरूसँग माग गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार प्रतिकूल हुनेगरी कुनै पनि प्रकारका नीति, नियम, ऐन, कानुन, नियमावली नबनाउन जोडदार माग गरेको छ ।

‘नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानलाई नेपाल प्रेस युनियनले नजिकबाट नियालिरहेको र यसमा प्रेस युनियनको साथ छ’ बैठकपछि महासचिव पौडेलले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘तर, सदस्यता शुद्धीकरण प्रक्रिया अघि बढिरहँदा विचार र आस्थाका आधारमा सदस्यता नवीकरण हुन नदिने र सदस्य हुनबाट वञ्चित गर्ने कार्य भएमा नेपाल प्रेस युनियनले प्रतिवाद गर्नेछ ।’

युनियनले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’ सफलतापूर्वक सम्पन्न गर्ने, पत्रकारिता तालिम सञ्चालन गर्नका लागि पाठ्यक्रम तयार गर्न नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाको संयोजकत्वमा पत्रकार प्रशिक्षण पाठ्यक्रम तयार समिति र नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा प्रशिक्षकको सूची तयार गर्ने समिति गठन गर्ने निर्णय गरेको बैठकले अधिवेशन हुन बाँकी रहेका शाखा अधिवेशन असार ५ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको महासचिव पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ससुराली घरमा मृत भेटिए सरदार

Next Post

घूस लिदैं गर्दा यसरी समातिए अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडाअध्यक्ष 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

घूस लिदैं गर्दा यसरी समातिए अग्निसाइर कृष्णसवरण गाउँपालिकाका वडाअध्यक्ष 

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत भेटिए, अर्की युवतीले बिष खाएर गुमाइन ज्यान

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

सदस्यकाे मृत्यु भएको शाेकमा सप्तरीका सबै फाटाे स्टुडियो बन्द 

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

अब निजामति कर्मचारीले यसरी टिकटक बनाउन नपाउने

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कर्मचारी हटाउने राजविराज नपाको निर्णय पुर्नविचार गर्न कर्मचारीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.