राजविराज । अब सरकारी कर्मचारीले टिकटक बनाउन नपाइने भएका छन् । यसअघि जताततै कर्मचारी टिकटक बनाउँदै आएकोमा अब बनाउन नपाइने भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई कार्यालय समयमा, कार्यालयको पोशाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर तथा कार्यालय प्राङणभित्र टिकटक बनाउन रोक लगाएको छ ।
पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङखल भएको गुनासो आएपछि यस्तो नियम लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताए । उनले भने, ‘कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन निर्देशन दिएका छौं ।’
उनका अनुसार यस्ता नियम उल्लंघन गर्ने कर्मचारीलाई अनुशासनको कार्वाही गरिनेछ ।