ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

बाढीबाट जोगिन सशस्त्र प्रहरीको चेतनामूलक कार्यक्रम, देखाइयो कृत्रिम अभ्यास

Loading

राजविराज । अब बर्षाको समय आउनै लाग्यो । केहि दिनभित्रै मनसुन भित्रिएपछि लगातार बर्षा हुन्छ । र, बर्षाका कारण बाढीले बितण्डा मच्चाउँछ । बाढीका कारण प्रत्येक बर्ष सप्तरीको दक्षिणी भेगका मानिस पीडित हुन्छन् । जनधनको क्षति व्यहोनुपर्ने हुन्छ ।

यस पटक बाढी आउनै लाग्दा सशस्त्र प्रहरीले यसबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वाटरद्धारा बाढी प्रभावित जिल्लाको दुई पालिकामा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका विद्यालयदेखि समुदायस्तरमा पनि जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।

सशस्त्र प्रहरी निरीक्षक हरिकृष्ण गिरीको नेतृत्वमा गएको टोलीले तिलाठी कोइलाडी गाउँपालिकास्थित पब्लिक माध्यमिक विद्यालय, हनुमाननगर कंकालिनी नगरपालिकाको महाबीर मावि हनुमाननगर तथा राष्ट्रिय मावि मल्हनियाँको कक्षा ९ र १० मा अध्ययन गर्ने बालबालिकालाई बाढी पहिरो रोकथाम तथा क्षति न्युनिकरणमा समुदायको भूमिकाको बारेमा तथा विपद्को तयारी, विपद भइरहेको बेलामा गर्नुपर्ने काम र विपद् पछि गर्नुपर्ने कामको बिषयमा जानकारी गराएका छन् ।

यसबाहेक बाढी आएपछि कसरी जोगिने भनेर स्थानीय पोखरीमा अभ्यास समेत गरेर देखाइएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । स्थानीय साधनश्रोतको प्रयोग गरेर बाढीबाट जोगिन सक्ने विधीबारे कृत्रिम अभ्यास गरेर देखाइएको उनले बताए ।

बर्षाको समयमा हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी गाउँपालिका बाढीको उच्च जोखिममा रहने गर्दछ । यसैलाई मध्यनजर गर्दै जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिटिजन्स बैंक राजविराज द्वारा अग्नि पीडित लाई राहत वितरण

Next Post

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

मधेश सरकारमा सप्तरी : मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री

सप्तरीलाई फापेको २ को १

सप्तरीलाई फापेको २ को १

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

सम्पूर्ण क्याबिनेट र सचिव भोलिदेखि नै बजेट बनाउन लाग्छाैः मुख्यमन्त्री सिंह

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

भलुवाही नदीको फोहोर हटाउन सकृय भए सप्तरी युथका सदस्य

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

यस्ता चोर ! पहिला खाए रक्सी र मासु, अनि गरे दुई पसलमा चोरी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.