ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो


वित्त आयोगको प्रतिवेदन : सप्तरीका अधिकांस पालिकाको सुधार, केहिको अवस्था खस्कियो

Loading

राजविराज । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै स्थानीय तहको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार सप्तरीका सबै पालिकाको स्थिति कमजोर देखिएको छ ।
आयोगले बिभिन्न १७ वटा सूचक राखेर पालिकाको कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ ।
पालिकाले असार १० भित्र नगरसभा गरे÷नगरेको, राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभाबाट असारभित्र पेश गरे÷नगरेको, आयव्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे÷नगरेको, बजेट कार्यान्वयनको बार्षिक समिक्षा गरी तत् सम्बन्धी विवरण २०७९ कात्तिकभित्र सार्वजनिक गरे÷नगरेको सूचकको आधारमा कार्यसम्पादन विवरण तयार गर्ने गर्दछ ।
यस्तै, विनियोजित रकम अनुसार खर्चको अवस्था, लेखापरीक्षण्बाट औंल्यएको बेरुजुको अवस्था, स्थानीय संचित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे÷नगरेको, आवधिक योजना तर्जुमा गरे÷नगरेको, शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर, कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तीमा स्तरीकृत अंक (जिपिए) १ दशमलव ६ वा सोभन्दा उच्च जिपिए प्राप्त गरेको विद्यार्थी प्रतिशतलाई कार्य सम्पादनको सूचक बनाएको छ ।
त्यस्तै स्वास्थ्यतर्फ २०७९÷८० मा ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, गर्भवती हुने महिलाको संख्यामध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात र पूर्ण खोप पाएका बालबालिकाको अनुपातलाई कार्यसम्पादनको सूचकमा राखिएको छ ।
यो सूचकको आधारमा तपार पारिएको प्रतिवेदन अनुसार सप्तरीका सबै पालिका कमजोर देखिएका छन् । यद्यपी गत बर्षभन्दा सुधार देखिएको छ ।
कसैको सुधार, कसैको खस्कियो
सदरमुकाम राजविराज नगरपालिकाले कुल १६ सूचकमध्ये ९ सूचकमा गत बर्ष कुनै अंक नै पाएको थिएन् । आयोगको प्रतिवेदन अनुसार राजविराज नगरपालिका १० दशमलव ७४ प्रतिशत अंक मात्रै प्राप्त गरेको थियो । यस पटक यो नगरपालिकाले ३६दशमलव ९ प्रतिशत अंक प्राप्त गरेको छ ।
गत बर्ष सप्तरीमा सबैभन्दा बढी सुरुङा नगरपालिकाले अंक पाएको थियो । यो नगरपालिकाले ४२ दशमलव ०२ प्रतिशत अंक गत बर्ष पाउँदा सप्तकोशी नगरपालिकाले ३४ दशमलव ८४ प्रतिशत अंक पाएको थियो । यस पटक सुरुङा गत बर्षभन्दा खस्किँदा सप्तकोशीले सुधार गरेको छ । सुरुङाले यस पटक ४९ दशमलव ५ प्रतिशत अंक पाउँदा सुधार गर्दै सप्तकोशीले ४२ दशमलव २ प्रतिशत अंक पाउन सफल भएको छ ।
गत बर्ष हनुमाननगर कंकालिनी नगरपालिका २७ दशमलव ६२ प्रतिशत, कंचनरुप नगरपालिका २५ दशमलव ५९ प्रतिशत, बोदे बर्साइन नगरपालिका २३ दशमलव ९० प्रतिशत, खडक नगरपालिका २२ दशमलव ६ प्रतिशत, डाक्नेश्वरी नगरपालिका २१ दशमलव ३० प्रतिशत र शम्भुनाथ नगरपालिकाले १८ दशमलव ७२ प्रतिशत अंक पाएको थियो ।
यस पटक हनुमाननगर कंकालिनीले थप सुुधार गर्दै ४७ दशमलव १ प्रतिशत अंक पाएको छ । कंचनरुपले पनि सुधार गर्दै ४७ दशमलव ३ प्रतिशत, खडक नगरपालिका ४६ दशमलव ३ प्रतिशत, शम्भुनाथ नगरपालिका ३७ दशमलव ९ प्रतिशत, डाक्नेश्वरी नगरपालिका २९ दशमलव ८ प्रतिशत अंक पाएको छ ।
नगरपालिकातर्फ बोदे बर्साइन नगरपालिकाले सूचकहरुमा सुधार गर्दै सप्तरीकै नगरपालिकामा सबैभन्दा बढी ५१ दशमलव ८ प्रतिशत अंक पाएको छ ।
गाउँपालिकातर्फ तिलाठी कोइलाडी गत बर्ष सबैभन्दा बढी अंक पाउँदा यस पटक सबैभन्दा तल खस्किएको छ । यो पालिकाले गत बर्षको भन्दा सुधार गरेको भएपनि यस पटक तल खस्किएको छ । गत बर्ष २६ दशमलव ८१ प्रतिशत अंक पाउँदा यस पटक २९ प्रतिशत अंक यो पालिकाले पाएको छ ।
अग्निसाइर कृष्णसवरण गाउँपालिका गत बर्षभन्दा सुधार गरेको छ । गत बर्ष २५ दशमलव १९ प्रतिशत अंक पाएको यो पालिकाले यस पटक ४७ दशमलव ९ प्रतिशत अंक प्राप्त गरेको छ ।
रुपनी गाउँपालिकाले पनि गत बर्षभन्दा सुधार गरेको देखिएको छ । यो पालिकाले गत बर्ष २३ दशमलव ६० प्रतिशत अंक ल्याउँदा यसपटक ३२ दशमलव ३ प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ ।
सुधार गर्नेमा अन्य गाउँपालिका पनि छन् । गत बर्ष २० दशमलव ७५ प्रतिशत अंक पाएको यो पालिका यस पटक ४१ दशमलव ८ प्रतिशत, तिरहुत गाउँपालिका गत बर्ष २० दशमलव ०८ प्रतिशत पाउँदा यस पटक ३७ दशमलव ६ प्रतिशत, छिन्नमस्ता गाउँपालिका गत बर्ष १५ दशमलव ७७ प्रतिशत अंक पाउँदा यस पटक ३२ प्रतिशत, महादेवा गाउँपालिका गत बर्ष १५ दशमलव ४५ प्रतिशत अंक पाउँदा यस पटक ४६ दशमलव १ प्रतिशत, राजगढ गाउँपालिका गत बर्ष १५ अंक पाउँदा यस पटक ४६ अंक पाएका छन् ।
यस पटक गाउँपालिकातर्फ बलान बिहुलले उत्कृष्ट सुधार गर्दै सप्तरीको पालिकातर्फ पहिलो भएको छ । गत बर्ष २३ दशमलव ८९ प्रतिशत अंक पाएको यो पालिका यस पटक ५५ दशमलव ९ प्रतिशत अंक प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अध्यादेशहरु दुबै सदनबाट पारित हुन्छ : नेता ज्ञवाली

Next Post

कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

कर्मचारी युनियन, सप्तरीका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र बितरण

मुखमा मृत नवजात शिशु लिएर अस्पतालमै कुकुर घुमेकाे पाइएपछि …

मुखमा मृत नवजात शिशु लिएर अस्पतालमै कुकुर घुमेकाे पाइएपछि ...

प्रजातन्त्र दिवस : प्रदेश सरकारको कार्यक्रम सप्तरीमा हुँदै

प्रजातन्त्र दिवस : प्रदेश सरकारको कार्यक्रम सप्तरीमा हुँदै

राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

राजविराजमा सिसिटिभी जडान : अख्तियारले पत्र पठाए लगत्तै खातामा जम्मा भयो रकम

केआईआईटी कलेजका दोषीलाई कार्वाही गर्न माग गर्दै प्रदर्शन

केआईआईटी कलेजका दोषीलाई कार्वाही गर्न माग गर्दै प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.