ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा सिसिटिभी जडान : अख्तियारले पत्र पठाए लगत्तै खातामा जम्मा भयो रकम


राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

Loading

राजविराज । राजविराज नगर क्षेत्रमा जडान भएको सिसिटिभी क्यामेरा जडानमा अनियमितता भएको रहस्य बाहिरिएको छ । यो रहस्य स्वयं उपभोक्ता समितिले आफैं स्वीकार गर्दै त्यस वापतको रकम फिर्ता गरेका छन् ।
गत असारमा नगरपालिकाको मुख्य बजार क्षेत्रमा सिसिटिभी जडान गरिएको थियो । राजविराज सौन्दर्यीकरण नामक उपभोक्ता समितिले २१ जेठ २०८१ मा राजविराज नगरपालिका कार्यालयसँग सिसिटिभी क्यामेरा जडानका निम्ति सम्झौता गरेको थियो ।
रु ५६ लाख ३८ हजार ९१० कुल बजेटमध्ये रु ५ लाख ६३ हजार ९१० जनसहभागिताबाट व्यहोर्ने गरी उपभोक्ता समितिका अध्यक्ष तनबीर असफाकले नगरपालिकासँग सम्झौता गरेका थिए ।
तर, उक्त रकममा व्यापक अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालयमा उजुरी परेको थियो । अख्तियारले यो प्रकरणमा अनुसन्धान अघि बढाउँदै सिसिटिभी जडान कार्यमा बिल बनाउने कार्यमा संलग्न प्राविधिक, भुक्तानी गर्ने प्रमुख प्रशासकीय अधिकृत, लेखा प्रमुख, अनुगमन कार्यमा संलग्न कावा मेयर इसरत परबिन, योजना प्रमुख मनोज कुमार यादव र इन्जिनियर अशोक कुमार दास, उपभोक्ता समितिका अध्यक्ष तनबीर असफाक, सचिव तबरेज आलम र कोषाध्यक्ष रुसा खातुनको डिटेल जानकारी मागेको थियो ।
अख्तियारको इटहरी कार्यालयले २७ माघमा ती व्यक्तिहरुको सम्पर्क नम्बर, ठेगाना, हालको पद र कार्यालयसहितको विवरण ७ दिनभित्र उपलब्ध गराउन नगरपालिकालाई पत्राचार गरेको थियो ।
अख्तियारले पत्राचार गरेपछि ४ फागुनमा उपभोक्ता समितिले राजविराज नगरपालिकाका राजस्व शाखामा रकम फिर्ता गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष तनबीर असफाक, सचिब तबरेज आलम र कोषाध्यक्ष रुसा खातुनले रकम जम्मा गरिएको जानकारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण साहलाई पत्र मार्फत् दिएका छन् ।
उपभोक्ता समितिले नगरपालिकाको खातामा रु ५० लाख ५० हजार जम्मा गरेको छ । नगरपालिकाले दिएको भुक्तानी रु ४५ लाख ९१ हजार ४८६ को एक बर्षको हुन आउने १० प्रतिशत व्याजसहित उक्त रकम जम्मा गरेको पत्रमा उल्लेख गरेका छन् ।
राजविराज नगरपालिकाले सिसि क्यामेरा जडान गर्न टेन्डर नलगाई उपभोक्ता समितिबाट जडान गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रजातन्त्र दिवस : प्रदेश सरकारको कार्यक्रम सप्तरीमा हुँदै

Next Post

केआईआईटी कलेजका दोषीलाई कार्वाही गर्न माग गर्दै प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
केआईआईटी कलेजका दोषीलाई कार्वाही गर्न माग गर्दै प्रदर्शन

केआईआईटी कलेजका दोषीलाई कार्वाही गर्न माग गर्दै प्रदर्शन

‘दलितका निम्ति पर्याप्त बजेट विनियोजन अझै भएको छैन’

‘दलितका निम्ति पर्याप्त बजेट विनियोजन अझै भएको छैन’

मधेश प्रदेश सरकारबाट जनमतले लियो समर्थन फिर्ता

जनमतले भन्यो–कृषि विश्वविद्यालयमा दोषी देखिएका रजिष्ट्रारलाई लोसपा अध्यक्ष ठाकुरले बर्खास्त गर्न दिइरहेको छैन

दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

दलित समुदायमाथि भइरहेका घटनामा निष्पक्ष अनुसन्धान गर्न मञ्चको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

कुम्भ स्नान गरी फर्किदैं गरेका सप्तरीका तीनसहित चार जनाको दुर्घटनामा परी निधन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.