ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

Loading

राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीले ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग गरेको छ ।
महासंघ, सप्तरी शाखाले साेमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाउदै यस्तो माग गरेको हो ।
पत्रकार सुरेश रजकको हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुऱ्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन ध्यानाकर्षण पत्रमा भनिएको छ ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पुऱ्याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुऱ्याइएको, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पुऱ्याइएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको पत्रमा उल्लेख गरिएको छ ।
विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि माग गरिएको छ ।
‘एक साताभित्रै मागहरू सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय, सप्तरी मार्फत नेपाल सरकारसमक्ष आग्रह गरिन्छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवकाे नेतृत्वमा गएका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिनियर अहेव तथा सिनियर अनमीद्वारा तीन निकायलाई ज्ञापन, २५ गतेदेखि धर्ना बस्ने चेतावनी

Next Post

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सुनसरीबाट अपहरित बालिकाको उद्धार, सप्तरीका युवक पक्राउ

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

प्रधानमन्त्री ओलीको मधेश प्रदेश सभामा दोस्रो पटक हुँदै सम्बोधन : आफैंले घोषणा गरेको योजना अझै अलपत्र

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.