ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

माधव नेपालले भने– गणतन्त्रवादी राम र राजावादी रावण हुन्

Loading

राजविराज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रवादीलाई राम र राजावादीलाई रावणको संज्ञा दिएका छन् ।

पार्टीको जिल्ला कमिटी सप्तरीको दशौं जिल्ला अधिवेशनलाई बुधबार राजविराजमा उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले राजावादी पक्षधरहरू गुण्डागर्दीमा उत्रेको बताए ।

‘आन्दोलनको नाममा जहाँ गए त्यही उनीहरुले लुटपाट गरे पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘मिठाई पसलमा मिठाई, फलफुल पसलमा फलफुल, जहाँ जे पाए त्यही लुटपाट गरे ।’

उनले सप्तरीमा राजावादीलाई आउन नदिन आग्रह गरे । ‘यहाँ आए बरमझियाको पेडा नै लुटेर लग्छन्’ उनले भने, ‘त्यहीं भएर पेडा पसलेहरु हौसियार !’

उनले राजावादीले प्रदर्शन गरेकै दिन समाजवादी मोर्चाले पनि प्रदर्शन गरेको तर गणतन्त्र पक्षधरहरूले कहीँ कतै कुनै समस्या उत्पन्न नगरेको उनले बताए । ‘गणतन्त्रवादीहरू १ लाख भन्दा बढी सहभागी भएका थिए’ उनले भने, ‘तर थोरै संख्यामा रहेका राजावादीहरुले लुटपाट आगजनी र तोडफोड गरे ।’

अध्यक्ष नेपालले आफ्नै पार्टी कार्यालयबाट कम्प्युटर प्रिन्टर किताब चोरी गरेर लगेको र पार्टी कार्यालयमा आगो समेत लगाइदिएको बताए । ’राजावादीहरू यही भएर गुण्डा हुन्’ उनले भने, ’यही फरक छ गणतन्त्रवादी र राजावादीमा । रावणले लुटेको छ र रामले सबैको भलाई गर्छ ।’

राजाले शासन गर्दा देश अँध्यारोको दिशामा रहेको र अत्याचार अत्यधिक बढेको उल्लेख गर्दै उनले राजालाई कुनै शर्तमा आउन नदिने बताए । ‘राजा आउँदा केही व्यक्ति र परिवारलाई फाइदा हुन्छ तर जनतालाई केही फाइदा हुँदैन’ उनले भने ।

अध्यक्ष नेपालले कांग्रेस र नेकपा एमालेको सरकार नालायक भएको टिप्पणी गरे । यो दुवै पार्टीको सरकारले देश र जनताको भलाई नगरिरहेको उनको भनाइ छ । ’जनताको समस्याप्रति वेवास्ता गरेको यो सरकारबाट केही हुनेवाला छैन’ उनले भने ।

भ्रष्टाचार कुशासन बढ्दा र जनताको समस्यामा ध्यान नदिँदा देश बिग्रन थालेको उनको भनाइ छ ।

पार्टीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीको अध्यक्षतामा भएको अधिवेसन उद्घाटन कार्यक्रममा पार्टीका उपाध्यक्ष धर्मनाथ प्रसाद साह, मधेश प्रदेशका अध्यक्ष रामचन्द्र यादव, अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष उषा पोखरेलसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गर्न सरकारसँग माग

Next Post

सुनसरीबाट अपहरित बालिकाको उद्धार, सप्तरीका युवक पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सुनसरीबाट अपहरित बालिकाको उद्धार, सप्तरीका युवक पक्राउ

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

हनुमाननगर कंकालिनीमा किसानका लागि सुविधा, जडान गरियो ट्रान्सफर्मरसँगै मास्टर विद्युतीय मिटर

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

एमपिएलका लागि खेलाडी लिलामी सम्पन्न ः कुन टिममा को–को ?

एमाले अध्यक्ष ओली सप्तरी आउँदै

प्रधानमन्त्री ओलीको मधेश प्रदेश सभामा दोस्रो पटक हुँदै सम्बोधन : आफैंले घोषणा गरेको योजना अझै अलपत्र

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.