ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘फिस्टुला भएमा लापरवाही नगरौं, क्यान्सर समेत हुनसक्छ’


‘फिस्टुला भएमा लापरवाही नगरौं, क्यान्सर समेत हुनसक्छ’

Loading

काठमाडौं । शरीरको भित्री अंगमा पर्ने अनावश्यक प्वाललाई फिस्टुला भएको भनिन्छ । यसले नसाहरुलाई अप्राकृतिक रुपमा जोडेर समस्या निम्त्याउँछ । आन्द्रा र छालाको बीचमा तथा योनी र मलाशयको बीचमा फिस्टुला हुने सम्भावना बढी हुने चिकित्सक बताउँछन् ।

फिस्टुला धेरै प्रकारका हुने भए पनि सबैभन्दा बढी देखिने एनल फिस्टुला हो, जुन सानो नली समान हुन्छ । यसले आन्द्राको अन्त्यको भागलाई गुद्वारको नजिकैको छालासँग जोडिदिन्छ । साधारणतया यो कुनै संक्रमण पूर्ण रुपमा ठीक नभएको अवस्थामा हुन्छ ।

अधिकांश एनल फिस्टुला गुद्वारको नलीमा पीप जम्मा भएर हुन्छ । र, उक्त पीप छालाबाट आफैं बाहिर समेत निस्किन्छ । पीप छालाबाट बाहिर आउनका लागि बनाइएको बाटो खुल्लै हुँदा वा राम्ररी ठीक नभएको अवस्थामा फिस्टुला हुन्छ ।

अहिले फिस्टुला धेरैको समस्या हो । फिस्टुला किन हुन्छ ? यसका लक्षण के के हुन् ? उपचार विधि के छन् ? यिनै विषयवस्तुमा केन्द्रित रहेर डा. लोकेश कर्णसँग अनलाइनखबरकर्मी अंगद सिंहले गरेको कुराकानी :

फिस्टुलाको संक्रमणबाट बच्नका लागि औषधिको सेवन गर्ने गरेको भए पनि यो औषधिको प्रयोगबाट निको हुँदैन । फिस्टुला आउँदा त्यसले आएको ठाउँमा स–साना प्वाल बनाएको हुन्छ । र, ती प्वाल बन्द गर्न शल्यक्रिया गर्नैपर्ने हुन्छ ।

फिस्टुला के कारणले हुन्छ ?

फिस्टुला आउने विभिन्न कारण हुन सक्छन् । जसमा कपालको प्वालमा इन्फेक्सन भएर, कुनै दुर्घटनामा परेर, उपचार गरेको घाउ नभएर वा शल्यक्रिया गर्दा नपुरिएका घाउ पूर्ण रुपमा निको नभएमा पनि फिस्टुला आउन सक्छ ।

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, क्षयरोगका बिरामी तथा एचआईभीका संक्रमितलाई फिस्टुला हुने अत्यधिक सम्भावना रहन्छ ।

फिस्टुलाको सुरुवाती लक्षण के के हुन् ?

फिस्टुला हुँदा सुरुवातमा त्यति धेरै दुखाइ महसुस नभए पनि अलिअलि दुख्ने हुन्छ । फिस्टुला आउँदा मलद्वार वरिपरि स–साना खटिरा, पिला अर्थात् फोका आउन सुरु हुन्छ । ती फोकाबाट पिप बग्ने रगत आउने समस्या देखिन्छ । यसमा मलद्वार चिलाउने, हिंड्दा भिजेको महसुस हुने, पिप निस्किंदा छालामा जलन हुनु र ज्वरो आउनु तथा थकान महसुस हुनु फिस्टुलाका लक्षण हुन् ।

मलद्वारमा स–साना खटिरा, पिला, र फोका आउनु नै फिस्टुलाको सुरुवाती लक्षण हो ।

फिस्टुला भएमा के कस्ता जटिलता आउन सक्छन् ?

समयमा उपचार गरिएन भने फिस्टुलाको आकार समयसँगै बढ्दै जान्छ । फिस्टुलाको आकार बढ्दै शरीरको भित्रीभागसम्म पुग्दा यसले अन्य अंगलाई समेत हानी पुर्‍याँछ । फिस्टुला बढ्दै गएपछि इन्फेक्सन हुने र रगतमा पुग्न सक्छ । पिप निस्किने प्वाल र नसाहरु बढ्दै जान सक्छन् ।  धेरै लामो समयसम्म्म फिस्टुला निको नहुँदा क्यान्सर समेत हुनसक्छ ।

फिस्टुलाको उपचार कसरी गरिन्छ ? औषधिबाट वा शल्यक्रियाबाट ?

फिस्टुलाको संक्रमणबाट बच्नका लागि औषधिको सेवन गर्ने गरेको भए पनि यो औषधिको प्रयोगबाट निको हुँदैन । फिस्टुला आउँदा त्यसले आएको ठाउँमा स–साना प्वाल बनाएको हुन्छ । र, ती प्वाल बन्द गर्न शल्यक्रिया गर्नैपर्ने हुन्छ ।

फिस्टुलाको शल्यक्रिया गर्दा सुरुमा प्वालबाट लिक्विड पठाइन्छ । त्यो लिक्विड कहाँ कहाँ पुग्यो भनेर एक्सरे मार्फत हेर्न मिल्छ ।  यसबाट फिस्टुलाको असर कहाँकहाँ छ भनेर पत्ता लगाउन सकिन्छ । फिस्टुलाको असर प्रभाव हेरपछि मात्रै शल्यक्रिया गर्ने कि के गर्ने भनेर थाहा हुन्छ ।

फिस्टुला पूर्ण रुपमा निको हुने सम्भावना कम हुन्छ । यो बेलाबेला बल्झिरहन सक्छ । फैलिसकेको फिस्टुलाको शल्यक्रिया गर्दा त्यो घाउ पूर्ण रुपमा निको हुन्छ भन्ने हुँदैन । कारण त्यहाँ ठूलो घाउ भएको हुन्छ ।

फिस्टुलाको सबैभन्दा पुरानो र राम्रो उपचार भनेको क्षारसूत्र विधि हो । पायल्स, फिसर र फिस्टुलाजस्ता रोगको उपचारमा धागोको प्रयोग गरी गरिने आयुर्वेदिक चिकित्सा पद्धतिलाई क्षारसूत्र भनिन्छ । यो पाँच हजार वर्ष पुरानो आयुर्वेदिक विधि हो । यसमा विभिन्न प्रकारका औषधिजन्य जडिबुटीबाट बनेको धागोलाई प्वालबाट भित्र पसाएर उपचार गरिन्छ ।

जोखिम कम हुने भएकाले यसलाई निकै प्रभावकारी विधि मानिन्छ । यसमा बेलाबेला धागो परिवर्तन गरिरहनुपर्छ । यो पद्धति अनुसार उपचार गरेमा बल्झिने जोखिम पनि कम हुन्छ ।  अहिले एलोपेथिक उपचार पद्धतिले पनि यसको अनुशरण गरेर उपचार गरिरहेको छ ।

फिस्टुला पूर्ण रुपमा निको हुन्छ कि समय–समयमा बल्झिरहन्छ ?

फिस्टुला पूर्ण रुपमा निको हुने नहुने कुरा सेवाग्राहीमा भर पर्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर, एचआईभी र स्वास्थ्य सम्बन्धी अन्य समस्या भएकाहरुलाई बेलाबेला इन्फेक्सन हुन सक्छ । गाह्रो र हाँगाबिंगा धेरै भएको फिस्टुलामा बल्झिने समस्या आउन सक्छ । फिस्टुलाको समस्या उपचारपछि नबल्झिने भनेर ठोकुवा गर्न सकिंदैन । यो संक्रमितको स्वास्थ्य अवस्थामा भर पर्छ । संक्रमितको खानपान, जीवनशैली र अन्य संक्रमणको प्रकृतिमा निर्भर गर्छ ।

कस्तो अवस्थामा फिस्टुलाको उपचार जटिल बन्छ ?

बिरामीलाई फिस्टुलाका साथै अन्य संक्रमण र दीर्घरोग लागेको भए उपचार गर्न जटिल हुन्छ । दीर्घरोगी र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकालाई संक्रमण छिटो हुने भएकाले उपचार गर्न गाह्रो हुन्छ । मलद्वारबाट भित्रीभागसम्म पुगिसकेको फिस्टुलाको उपचार गर्न जटिल हुन्छ ।

फिस्टुला भए के कस्तो सावधानी अपनाउनुपर्छ ? खानपानले कत्तिको असर गर्छ ?

फिस्टुला पाचन प्रणालीसँग सम्बन्धित रोग हो । यसमा खानपानले ठूलो भूमिका खेलेको हुन्छ । फिस्टुला तथा जुनसुकै रोगबाट बच्न तथा स्वास्थ्यको लागि सन्तुलित र स्वस्थ खाना खानु अनिवार्य छ ।

फिस्टुलाको समस्या भएपछि रेसादार खानेकुरा बढी मात्रामा खानुपर्छ र माछामासुको प्रयोग सकेसम्म कम गर्नुपर्छ । यसका लागि हरियो सागपात, फलफूल र ताजा खाना खानुपर्छ । फिस्टुलाबाट बच्न दैनिक व्यायाम गर्नुपर्छ र रोगप्रतिरोधात्मक क्षमता बढाउनुपर्छ ।

फिस्टुला हुनै नदिने कुनै उपाय छ ?

फिस्टुला हुनै नदिने भन्ने त हुँदैन । यो खानपानका साथै अन्य कारणले पनि हुनसक्छ । कुनै दुर्घटना भएर लागेको घाउचोटका कारण पनि फिस्टुला हुने गर्छ । फिस्टुला हुन नदिन आफ्नो स्वास्थ्य र खानपानमा विशेष ध्यान दिने हो । यदि भइहाल्यो भने समयमै परीक्षण गरी उपचार गराउनुपर्छ ।

बजारमा फिस्टुलाको उपचार ग्यारेन्टीका साथ उपचार गरिन्छ भने विज्ञापन पनि देखिन्छ । यस्तो सम्भव छ ?

फिस्टुलाको ग्यारेन्टीका साथ उपचार गरिने भन्ने कुरा बजारीकरण मात्रै हो । रुघा मात्रै लागेको छ भने पनि ग्यारेन्टी दिन सकिंदैन भने यो सम्भव हुने कुरै भएन । स्वास्थ्य क्षेत्र संवेदनशील विषय भएकाले बजारीकरणभन्दा पर रहेर स्वास्थ्य परीक्षण गराएर मात्रै उपचार गर्नुपर्छ ।

हरेक मान्छेको स्वास्थ्य अवस्था फरक हुने भएकाले कुनै पनि रोगको उपचारको ग्यारेन्टी गर्न मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ठेक्का ‘सेटिङ’बारे लुम्बिनीको योजना आयोगभित्रै उठ्यो प्रश्न, छलकपटबाट भयो निर्णय

Next Post

महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

घरजग्गा कारोबारमा मन्दी, किन सुस्तायो बजार ?

घरजग्गा कारोबारमा मन्दी, किन सुस्तायो बजार ?

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.