ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान


सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

Loading

राजविराज । सप्तरीमा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ प्रारम्भ भएको छ । अभियान अन्तर्गत ६० हजारभन्दा बढी बालबालिका तथा सुनौलो १००० दिनका आमाहरूको पोषण अवस्था मूल्यांकन गरिनेछ ।

मधेश प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वय तथा स्वास्थ्य कार्यालय सप्तरीको सहकार्यमा जिल्लाका १८ वटै स्थानीय तहमा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ शुरु गरिएको हो । अभियान वैशाख १५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ ।

अभियान अन्तर्गत जिल्लाभरिका ६ देखि ५९ महिनासम्मका करिब ६० हजारभन्दा बढी बालबालिका तथा सुनौलो १००० दिनका आमाहरूको पोषण अवस्था पहिचान तथा मूल्यांकन गरिनेछ । बालबालिकाको उचाइ, तौल तथा पाखुराको मध्य भागको परिधि मापन गरी पोषण अवस्थाको वैज्ञानिक मूल्यांकन गरिने कार्यकारी निर्देशक राकेश कुमार यादवले जानकारी दिएका छन् ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत घरघरमै पुगेर बालबालिकाको उचाइ, तौल र पाखुराको नाप लिने कार्य भइरहेको उनले बताए । साथै, कुपोषण पहिचान भएका बालबालिकालाई बहिरङ्ग सेवा मार्फत ‘तयारी उपचारात्मक खाना’ निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको उनको भनाई छ ।

नेपाल सरकारको राष्ट्रिय पोषण रणनीति अनुसार यो अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, विद्यालय, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन भइरहेको छ ।

यस अभियानमा स्वास्थ्य कार्यालय सप्तरीको महत्वपूर्ण समन्वयात्मक तथा प्राविधिक नेतृत्व रहेको छ । साथै स्वास्थ्य, पोषण, शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल कार्यान्वयन साझेदार संस्थाको रूपमा सक्रिय रूपमा परिचालित छ । हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय तहहरूको पूर्ण सहकार्यले अभियानलाई थप प्रभावकारी बनाएको छ।

जीवनका लागि पोषण कार्यक्रमअन्तर्गत हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोगमा हर्ड नेपालले ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ कार्यक्रममार्फत जिल्लाका सबै पालिकाहरूमा कार्यक्रम सञ्चालन गर्दै लक्षित वर्ग—विशेष गरी बालबालिका तथा सुनौलो १००० दिनका आमाहरूको पोषण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यादवले बताए ।

त्यसैगरी हर्ड नेपाल अन्तर्गत पोषण सहजकर्ताहरू प्रत्येक १८ वटै पालिकामा २/२ जनाका दरले परिचालन गरिएको छ । यसले समुदायस्तरमा सेवा प्रवाह, तथ्याङ्क संकलन तथा अनुगमनलाई अझ व्यवस्थित बनाएको छ ।

यस अभियानमा स्थानीय तहहरूको समेत सक्रिय भूमिका रहेको छ । प्रत्येक पालिकाका मेयर, उपमेयर, कार्यकारी प्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा सम्पूर्ण पालिका टोलीहरू प्रत्यक्ष रूपमा अभियानमा संलग्न रही समन्वय र सहजीकरण गरिरहेका छन् ।

जिल्लास्तरीय स्वास्थ्य टोली, प्राविधिक समूह तथा सम्पूर्ण सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र समन्वयमा अभियानलाई सफल बनाउन निरन्तर प्रयास भइरहेको छ । सबै पक्षको संयुक्त प्रतिबद्धताले सप्तरीमा बाल तथा मातृ पोषण सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

Next Post

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

बभनगामाका अग्निपीडितलाई उद्योग वाणिज्य संघकाे राहत

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सुनसरीमा भएको दुर्घटनामा सप्तरीका युवकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.