![]()
राजविराज । सुनसरीमा भएको सबारी दुर्घटनामा सप्तरीका एक युवकको मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१७ विवेक पट्रोलपम्पस्थित सडकमा बसले दिएको ठक्करबाट ती युवकको मृत्यु भएको हो ।
बागमती प्रदेश०१–००६ख ६६४९ नम्बरको बसले प्रदेश२–०१–००१त १४६७ नम्बरको ट्याक्टरलाई मंगलबार बिहान ठक्कर दिँदा ट्याक्टरमा सवार सप्तरी कन्चनरूप नगरपालिका–५ का १८ वर्षीय उत्तम सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सान्विसिटी अस्पताल लविपुरमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै सवारीका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।












