ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजका बधशालाहरुमा कुहिएको र बासी मासु बिक्री, मूल्य पनि बढी लिइँदै

राजविराजका बधशालाहरुमा कुहिएको र बासी मासु बिक्री, मूल्य पनि बढी लिइँदै

Loading

परिष कर्ण

राजविराज । संयुक्त बजार अनुगमन समितिद्वारा आज राजविराज बजारस्थित बधशालाहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा कुहिएको  मासु समेत बरामद भएको छ । मासु पसलेले निर्धारितभन्दा बढी मूल्यमा बिक्री गरिरहेको पाइएको छ ।

राजविराज ३ स्थित एक वर्षदेखि संचालनमा रहेको मोहम्मद  कादिर, मोहम्मद मस्तकिमको समेत ३ वटा दर्ता नरहेको मासु पसलबाट जिल्ला प्रशासनको संयुक्त अनुगमन टोलीले खान अयोग्य मासु कब्जा गरी सटरमा ताल्चा लगाएको छ ।

राजबिराजमा नाम चलेका तथा ठूलो परिमाणमा मासु सप्लाई गर्ने विजय फ्रेस हाउसमा मुल्य सूची नरहेको पाइएको छ । राजविराज नगरपालिकाको पशुपंक्षी विकास शाखाको विज्ञ पशु चिकित्सक सन्नी कुमार दासका अनुसार खान अयोग्य ६ किलो बासी मासु नष्ट गरिएको छ ।

त्यस्तै प्रति किलो एक हजार ५० निर्धारित मूल्य भन्दा बढी मूल्यमा मासु बेचेको समेत पाइएको उनले बताए ।

राजविराज नगरपालिका पशुपंक्षी विकास शाखाद्वारा संचालित हटिया स्थितको सावित्री खशी मासु पसलमा १० किलो बढी कुहिएको  मासु भेटिएको छ । जसलाई नष्ट गरिएको छ ।

अनुगमनका क्रममा यमी स्वीट्समा ब्रेड बनाउन मुछिएर राखिएको २ किलो जति मैदा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवले जानकारी दिए ।

यसको अलाबा यमी स्वीट्सको भान्सा एवम् तयारी मिठाई, ब्रेड भण्डारण कक्षमा सरसफाईमा कमी, खाने कुरा बनाउने प्रशोधन कक्ष खुल्ला ठाउँमै राखिएको अवस्थामा रहेकोले त्यसलाई पूर्णरूपमा बन्द गरेर आगामी दिनमा सुरक्षित रुपमा खाने कुरा उत्पादन गर्न ’यम्मी ’ का सञ्चालकलाई निर्देशन दिइएको छ ।

भण्डारण कक्ष, प्रशोधन कक्ष तथा व्यक्तिगत सरसफाईमा सुधार गरी हप्ता दिन भित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय को ऐन–२०८१ वमोजिममा उपस्थित हुने होटल तथा मासु पसल सञ्चालकहरुले प्रतिबद्धता जनाएको खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
1
+1
5
+1
1
+1
0

Related

Previous Post

सुनसरीमा भएको दुर्घटनामा सप्तरीका युवकको मृत्यु

Next Post

पत्रकार ओम प्रकाश साहले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए छोरीको जन्म दिन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकार ओम प्रकाश साहले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए छोरीको जन्म दिन

पत्रकार ओम प्रकाश साहले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए छोरीको जन्म दिन

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

लागूऔषध सहित पक्राउ परिन मनरेखा

बनरझुलाबाट हराइरहेकी महिलाको शव भेटियो, परिवार विक्षिप्त

बनरझुलाबाट हराइरहेकी महिलाको शव भेटियो, परिवार विक्षिप्त

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

खडक नगरपालिकाबाट १४३ किलो गाँजासहित दुई जना पक्राउ

सम्पादक शैलेशलाई पितृशाेक

सम्पादक शैलेशलाई पितृशाेक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.