![]()
राजविराज । सप्तरीबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित एक महिला पक्राउ परेका छन् ।
जिल्लाको कंचनरूप नगरपालिका–९ रूपनगर बस्ने ३० बर्षीया मनरेखा यादवलाई यी दुबै लागूऔषधसहित पक्राउ गरिएको हो ।
यादवको घर खानतलासी गर्दा ब्राउनसुगर २ ग्राम ४९० मिलिग्राम र गाँजा १४० ग्राम बरामद भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।












