![]()
राजविराज । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेड क्वार्टर, सप्तरी १९ बर्ष पूरा गरी २० औं बर्षमा प्रवेश गरेको छ ।
सप्तरीको बिष्णुपुर गाउँपालिकास्थित यो गणले भव्यतापूर्वक स्थापना दिवस मनाएको हो ।
बुधबार भव्य कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख डीआइजी कृष्ण ढकालले केक काटदै परेवा उडाए
यस्तै, स्थापना दिवसको अवसर पारेर आयोजित भलिबल, टेबल टेनिस, हाजिरी जवाफ, दुई माइल दौड, हतियार खोलजोड प्रतियोगितामा विजयी हुने र रक्तदानमा सहभागी हुनेलाई पुरस्कार एवं प्रमाणपत्र बितरण गरियो ।
त्यस्तै, उत्कृष्ट कार्य गरेको भन्दै सशस्त्र प्रहरी निरीक्षक महेश कुमार कार्की, सहायक निरीक्षक सगुन श्रेष्ठ, तपेश्वर रायसहितकालाई नगदसहित पुरस्कृत गरियो ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरीका मधेश प्रहरी प्रमुख डीआईजी कृष्ण ढकाल, पूर्व राज्यमन्त्री रमणीदेवी राम, जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, प्रहरी तालिम केन्द्र राजविराजका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहाल, सप्तरीका प्रहरी प्रमुख एसपी गौतम कुमार केसीसहितकाले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
यस्तै, हालै सप्तरीको बोदे बर्साइनमा लडेर मृत्यु भएका सशस्त्र प्रहरी हवल्दार जितेन्द्र यादवको परिवारलाई एक लाख एक हजार १०५ प्रदान गरियो ।
अमर सशस्त्र प्रहरीका परिवारलाई समेत कार्यक्रममा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमु्ख अतिथी डीआइजी ढकालले इमान्दारीपूर्वक काम गर्न निर्देशन दिए ।
गणका गणपति एसपी रोशन बूढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०६३ फागुन ८ गतेको निर्णयले २०६४ जेठ०६ साविकको ईटहरी बिष्णुपुर गाििवस ७ रंजितपुर स्थित कोशी सिचाईको कार्यालयमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सप्तरीको स्थापना भएको थियो ।
यसपछि २०७१ साल साउन ७ गतेबाट बिष्णुपुर गाउँपालिका ६ स्थित आफ्नै कार्यालयको नाममा रहेको ३ विगाह १२ कठ्ठा ११ धुर क्षेत्रफल जग्गामा कार्यालय भवन निर्माण गरी यस गणले कार्यालय संचालन गर्दै आईरहेकोमा नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ जेठ २७ गतेको निर्णयले साँगठनिक पुर्नसंरचना पश्चात स्तरोन्नति भई मिति २०७५ साउन १३ गतेबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीको नामबाट कार्य संचालन गर्दै आईरहेको छ ।












