![]()
राजविराज । सप्तरीमा भारतीय लगानीमा निर्माण भएको भवनको बुधबार उद्घाटन भएको छ ।
जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको सुविधा सम्पन्न भवनको उद्घाटन गरिएको हो ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीना र सुरुङा नगरपालिकाका मेयर गीता चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।
उच्च सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण गरिएको भवनमा ११ कोठा, एक हल र ६ वटा शौचालय रहेको छ ।
२०८१ साल माघ २९ गते रु तीन करोड १४ लाख ९ हजार ६४० मा सम्झौता भई २०८२ साल बैशाख २९ गते कार्य सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रमका बक्ताहरुले भारतीय सरकारले विद्यालयमा गरेको लगानी सह्रानीय रहेको बताए । उनीहरुले खुश व्यक्त गर्दै आगामी दिनमा पनि भारतले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरे ।












