ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

Loading

राजविराज । राजविराज बजारका बासिन्दाहरुले यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, नापी विभाग, प्रतिनिधी सभा तथा प्रदेश सभाका सदस्यसहितका सरोकारबालालाई बोधार्थ राखेर मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाउँदै उनीहरुले आन्दोलनको चेतावनी दिएका हुन् ।
लालपुर्जा पाउनुपर्ने एकसुत्रीय माग राख्दै उनीहरुले संघर्ष समिति बनाएको छ । संघर्ष समितिकै अगुवाईमा यसअघि लालपुर्जा पाउनुपर्ने माग राखेर राजविराज नगरपालिकामा धर्ना दिदैं तालाबन्दी गरेका उनीहरुले थप सशक्त आन्दोलनको चेतावनी दिएका हुन् । ‘आन्दोलनबाट उत्पन्न हुन सक्ने कुनै पनि अवस्था तथा परिणामको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकाय स्वयंले बहन गर्नुपर्नेछ’ ज्ञापनमा भनिएको छ, ‘जनताको संवेदनशिल र दीर्घकालिन समस्यालाई गम्भीरतापूर्वक लिई तत्काल आवश्यक पहल गरिदिन हुन अनुरोध गर्दछौं ।’
राजविराज नगरपालिकाभित्र लालपुर्जाबिहीन रहेका पाँच हजार भन्दा बढी परिवारलाई तत्काल कानुनी प्रकृया पूरा गरी लालपुर्जा वितरण गर्नुपर्ने उनीहरुको माग छ । उनीहरुले विगतमा नगरपालिकाको रसीद तथा स्वामित्वको आधारमा बैंक तथा वित्तिय संस्थाबाट प्राप्त हुँदै आएको कर्जा तथा अन्य सेवा सुविधा पुनः संचालन गर्न आवश्यक प्रमाण उपलब्ध गराउन पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

Next Post

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

कृषकलाई कम मूल्य दिई ठगी गर्नेमाथि कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

ठगी आरोपमा काठमाडौंबाट समातिए सप्तरीका व्यक्ति

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.