ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कृषकलाई कम मूल्य दिई ठगी गर्नेमाथि कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी


अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

Loading

राजविराज । सप्तरी प्रशासनले कृषकलाई कम मूल्य दिई ठगी गर्ने खरीदकर्तामाथि प्रचलित कानुन बमोजिम कार्वाही गर्ने चेतावनी दिएको छ ।

सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सचेत गराउँदै प्रशासनले यस्तो चेतावनी दिएको हो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै नेपाल सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको स्मरण गराएका छन् ।

सूचनामा सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपियाँ तथा मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ८६० रुपियाँ तोकेको उल्लेख छ ।

न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२ मा व्यवस्था भएअनुसार कानुनी प्रावधानको पूर्ण कार्यान्वयन गर्न सबै पक्षलाई आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा भनिएको छ, ‘निर्देशिकाविपरीत कार्य गर्ने वा कृषकलाई कम मूल्य दिई ठगी गर्ने खरीदकर्तामाथि प्रचलित कानुन बमोजिम कडा कार्वाही हुन्छ ।’

पछिल्लो समय केही खरीदकर्ताले सरकारले तोकेको मूल्यभन्दा कम दरमा धान खरीद गरी कृषकहरूलाई मर्कामा पारेको भन्ने जनगुनासो प्राप्त भएको जनाउँदै सूचनामा कृषकहरूलाई बालीको उचित मूल्य सुनिश्चित गर्न तथा धानको बजार मूल्यमा स्थिरता कायम गर्नु जरुरी रहेको उल्लेख गरिएको छ ।

सूचनामा स्थानीय तहले न्यूनतम समर्थन मूल्यबारे जनचेतना फैलाउने, खरीद प्रक्रियामा सहजीकरण गर्ने, अनुगमन गर्ने तथा कार्यान्वयनका क्रममा देखिएका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी निर्वाह गर्नुपर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

Next Post

ठगी आरोपमा काठमाडौंबाट समातिए सप्तरीका व्यक्ति

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

ठगी आरोपमा काठमाडौंबाट समातिए सप्तरीका व्यक्ति

सप्तरीको एक गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न नेकपाको सिफारिस 

सप्तरीको एक गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न नेकपाको सिफारिस 

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.