ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 


रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

Loading

राजविराज । रमानन्द सिंह थारु सँस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालयको बुधबार पर्खाल निर्माणको शिलान्यास गरिएको छ ।

सप्तरीको अग्निसाइर कृष्णा सवरन गाउँपालिका वडा नम्बर ४ मा पर्खालको शिलान्यास गरिएको हो । वडा अध्यक्ष तेजनारायण यादवले शिलान्यास गरे ।

उक्त अवसरमा बोल्दै यादवले बहुआयामिक व्यक्तिन्व रमानन्द बाबुको स्मृतिमा उहाँकै जन्म थलोमा निर्माण हुने प्रतिष्ठानले गाउँपालिकाको समग्र पहिचान र विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिष्ठान निर्माणले रमानन्द प्रसाद सिंहले समाज, देश प्रति पुर्‍याएको योगदानको कदर हुने भन्दै उनले प्रतिष्ठानको पूर्वाधार निर्माण कार्यमा पूर्ण साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो कार्यक्रममा थारु भाषा साहित्य केन्द्रका केन्द्रीय अध्यक्ष भुलाई चौधरीले थारु समुदायमै अविस्मरणीय छाप छोडेर देशविदेशमा चर्चा पाएका व्यक्तित्वको स्मृतिमा थालिएको प्रतिष्ठान भवन निर्माण कार्य सधैको लागि स्मरणीय हुने बताए ।

आदिवासी जनजाति पत्रकार महासंघका महासचिव बृजमान तामाङले प्रतिष्ठान स्थापनासंगै थारुसहित सबै भाषा संस्कृतिको जगेर्नामा मदत पुग्ने बताए ।

प्रतिष्ठान निर्माणमा परिवारका सदस्य समेत रहेकी पत्रकार प्रिया सिंह थारुले प्रतिष्ठानको परिकल्पना गरी मुर्तरुप पाएकोमा खुशी व्यक्त गर्दै उनले यसले सामाजिक रुपान्तरणमा सहयोग पुग्नुको साथै सबैजातजाति भाषा, संस्कृति जगेर्नामा प्रेणा मिल्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा थारु भाषा साहित्य केन्द्रका महासचिव सियाराम चौधरी, यूवा नेता अजय चौधरी,जग्गादाता परिवारका सदस्य लिलाधर प्रसाद सिंह, सृजना लेखी पाठक, वडा सदस्य जानकी चौधरी, स्थानीय अशोक कुमार चौधरी, शैलेन्द्र कुमार गामी, पत्रकार प्रिया सिंह थारु, संदिप सिंह , जगदिश सिंह लगायतका स्थानीय बुद्धिजीवी समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

मधेस प्रदेश सरकारको २५ लाख लागतमा सुरु गरिएको उक्त प्रतिष्ठान भवन निर्माणका लागि परिकल्पनाकर प्रिया सिंह थारु (पार्वती), बिनम सिंह तथा लिलाधर सिंहका आमा भुलमाया देवी चौधरीले २ कठ्ठा १० धुर जग्गा उपलब्ध गराएकी छन् ।

सप्तरीको प्रशवनीमा जन्मिएका सिंह २०४७ सालको संविधानका मस्यौदाकार, सरकारको महान्यायाधिवक्ता र कानून सचिव समेत रहेका थिए । बालविवाह, कनौती प्रथा, दहलौनिया भार जस्ता कुप्रथाहरुको अन्त लगायत देशको हरेक परिबर्तनमा अग्रणी भुमिकामा रहेको सिंहको जन्म १९८५ कार्तिक २६ गते भएको थियो भने स्वार्गारोहण २०६५ बैशाख २५ गते भएको थियो ।

कार्यक्रमको संचालन स्थानीय युवा कलाकार प्रबीण चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

Next Post

कृषकलाई कम मूल्य दिई ठगी गर्नेमाथि कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

कृषकलाई कम मूल्य दिई ठगी गर्नेमाथि कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

ठगी आरोपमा काठमाडौंबाट समातिए सप्तरीका व्यक्ति

सप्तरीको एक गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न नेकपाको सिफारिस 

सप्तरीको एक गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न नेकपाको सिफारिस 

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.