ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज नपासँग नापी कार्यालयले माग्यो स्वामित्व, बिटौरी रसिद र कर असुलीबारे विवरण

राजविराज नपासँग नापी कार्यालयले माग्यो स्वामित्व, बिटौरी रसिद र कर असुलीबारे विवरण

Loading

शैलेन्द्र सिंह
राजविराज । राजविराज नगर क्षेत्रभित्र पर्ने करिब ७० बिघा जग्गाको स्वामित्व र कानुनी अवस्थाबारे विवाद उत्पन्न भएपछि नापी कार्यालय सप्तरीले राजविराज नगरपालिकासँग विवरण माग गरेको छ ।
नगरपालिकालाई पत्राचार गर्दै नापीले विवरण मागेको हो । नापी कार्यालयका प्रमुख नापी अधिकृत शत्रुधन प्रसाद यादवद्वारा हस्ताक्षरित पत्रमा राजविराज नगरवासीको जग्गाको लालपुर्जा प्राप्तिका लागि गठित जनआन्दोलन परिचालन समितिको ध्यानाकर्षण पत्र तथा प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि आवश्यक प्रक्रिया अघि बढाइएको उल्लेख गरिएको छ ।
‘राजविराज नगरपालिकाको वडा नं. १, २, ३, ४, ६ र ७ अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रको करिब ७० बिघा जग्गा २०२८ सालको नापी फिल्डबुकमा गाउँब्लक तथा ब्लक उल्लेख गरी नापी गरिएको देखिएको छ’ पत्रमा भनिएको छ, ‘सोही आधारमा फिल्डबुक र नक्सा तयार भए पनि हालसम्म उक्त जग्गाको स्वामित्व तथा दर्ता प्रक्रियामा कानुनी जटिलता छ ।’
नापी कार्यालयले नगरपालिकासँग मुख्य बजार क्षेत्रभित्र पर्ने उक्त जग्गा कसको स्वामित्वमा रहेको हो भन्ने स्पष्ट विवरण माग गर्दै बिटौरी रसिदको आधारमा कर असुली भइरहेको भए त्यस सम्बन्धी प्रमाण, विटोरी कायम भएको निर्णय तथा अन्य अभिलेखसमेत उपलब्ध गराउन अनुरोध गरेको छ ।
बिटौरी जग्गा भनेको सरकारी जग्गामा स्थानीय तहले घर बनाई वा खाली जग्गा व्यक्तिलाई भाडामा दिई बहाल बिटौरी उठाएको जग्गा बुझिन्छ’ नापीले नगरपालिकालाई लेखेको पत्रमा भनिएको छ, ‘त्यस कारण सो जग्गा बिटौरी कायम भएको हो भने सरकारी जग्गा हुनुपर्छ तर मालपोत कार्यालयमा सोको श्रेष्ता कायम भएको देखिदैन् ।’
पत्रमा जग्गा नाप जाँच ऐन २०१९ को दफा ६ (५) बमोजिम सरकारी सार्वजनिक र वन क्षेत्रको जग्गाबाहेक परापूर्वकालदेखि वेनिस्सा भोग चलन, घरबास गर्दै आइरहेको आधारमा स्ववासी दर्ता हुने हो वा होइन समेत खुलाईदिन भनिएको छ ।
जनआन्दोलन परिचालन समितिले स्थानीयवासीले वर्षौंदेखि भोगचलन गर्दै आएको आधारमा जग्गा स्वामित्व कायम हुनुपर्ने माग गरिरहँदा नापी कार्यालयले प्रचलित कानुन अनुसार आवश्यक विवरण मागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

घरमा काम गर्ने बालिकाको गर्भपतन गराएको आरोपमा रीता पक्राउ

Next Post

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

Shailendra Singh

Shailendra Singh

Next Post
लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

यथासिघ्र लालपुर्जा नदिइए चरणबद्ध रुपमा थप सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

एक क्वीन्टलभन्दा बढी गाँजामा लगाइयो आगो, गरियो नष्ट

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

सप्तरीका नदी तथा खोलाहरुमा थुप्रिएको बालुवा व्यवस्थापन गरिने, तीन वटा काम इर्मेजेन्सीमा गरिने

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

रमानन्द सिंह थारु संस्कृति संग्रहालयको पर्खाल शिलान्यास 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.