![]()
राजविराज । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरबाट ठूलो मात्रामा लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
करिब १४३ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका–१ बस्ने ३१ बर्षीय महाप्रसाद लिम्बु र मोरङ लेटाङ नगरपालिका–५ बस्ने ४७ वर्षीय बल बहादुर लिम्बु रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कल्याणपुर र प्रहरी चौकी विसनपुरबाट खटिएको प्रहरीले धरानबाट लहानतर्फ जाँदै गरेको को. १ च २६६७ नम्बरको पिकअप भ्यानलाई जाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाई छिपाई राखेको १४ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक महाप्रसाद र पिकअपमा सवार बल बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












