![]()
राजविराज । सप्तरीका पत्रकार ओम प्रकाश साहले बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै आफ्नी छोरी ओरिसाको जन्म दिन मनाएका छन् ।
छोरी ओरिसाको छैठौं जन्म दिवसको अवसर पारेर साहले बुधबार राजविराजस्थित बहिरा बालक विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।
विद्यालयमा अध्य्यनरत १५ जना बालबालिकालाई कापी, कलम, पेन्सिल, कटर, इरेजर सहितका सामग्री प्रदान गरिएको ओरिसाका माता रिताले जानकारी दिइन ।
नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष समेत रहेका पत्रकार ओमप्रकाशको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवकाे प्रमुख आतिथ्यमा आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रममा देवसहित नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयकुमार लाल कर्ण, वडा नम्बर ६ का सदस्य दीपक शर्मा, विद्यालयका प्रधानाध्यापक चाँदनी यादव सहितकाले सामग्री वितरण गरेका थिए ।
उक्त अवसरमा बोल्दै उनीहरूले बालिका ओरिसालाई जन्म दिनको शुभकामना दिदै उज्ज्वल भविस्यको कामना गरे ।
बक्ताहरुले जन्म दिन, वैवाहिक बर्षगाठ्जस्ता उत्सवमा भोजभतेर गर्नुभन्दा गरीब, विपन्न असहायलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
पत्रकार साहले छोरीको जन्म दिन प्रत्येक बर्ष गरीब, विपन्नलाई सक्दो सहयोग गरि मनाउदै आएको बताए ।












