![]()
राजविराज । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिकाकाे अग्निपीडितलाई राहत वितरण गरिएको छ ।
सप्तरी उद्योग वाणिज्य संघले गाउँपालिका वडा नम्बर ६ बभनगामाका अग्निपीडितलाई आइतबार दिउँसो राहत वितरण गरेको हाे ।
अग्निपीडित १० परिवारलाई खाद्यान्नसहितका सामग्री राहत स्वरुप प्रदान गरिएको संघका अध्यक्ष लालु प्रसाद अग्रवालले जानकारी दिए ।
उनका अनुसार प्रति परिवार २५ किलो चामल, ३ किलो भुजा, दुई लिटर खाने तेल, २ किलो दाल, आलु १० किलो, नून एक किलो, पानी एक कार्टुन तथा त्रिपाल, बाल्टिन र मग एक/एक थान प्रदान गरिएको छ ।
बभनगामा टोलमा शनिबार साँझ आगलागी हुँदा लाखौंको क्षति भएको छ ।












