ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

Loading

काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ ।

दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेटको रुपमा तय गरेको हो । तिहार भाइटीकाको भोलिपल्ट प्रदर्शन हुनेछ ।

एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् भने अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ ।

उक्त मितिमा फिल्म नेपालसहित संसारभर रिलिज हुन लागिरहेको समेत षट्कोण आर्ट्सले जनाएको छ । फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् ।

प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् । यो मल्टिस्टारर फिल्मले समाजमा महापुरुष बन्न मानिसले गर्ने संघर्ष र समाजले कसरी महापुरुषको निर्माण गर्छ भन्ने कथावस्तु चित्रण गर्छ ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । उसको आगामी फिल्म ‘डाकिनी’को प्रदर्शन पनि यसैवर्ष गर्ने तयारी छ । अब कात्तिक ११ गते महापुरुषको बक्सअफिस प्रतिस्पर्धा सौगात मल्ल स्टारर ‘लाखे’सँग हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

‘फिस्टुला भएमा लापरवाही नगरौं, क्यान्सर समेत हुनसक्छ’

Next Post

घरजग्गा कारोबारमा मन्दी, किन सुस्तायो बजार ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
घरजग्गा कारोबारमा मन्दी, किन सुस्तायो बजार ?

घरजग्गा कारोबारमा मन्दी, किन सुस्तायो बजार ?

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

हात्तीले भत्कायो ७ घर

मिटरब्याजीबाट पीडित बनेकाहरुलाई भदौ ५ भित्र उजुरी दिन आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...