ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

झ्याउ तनाव सहन सक्ने प्रजाति भएकोले यो समुद्र बाहेक विभिन्न वातावरणीय अवस्थामा बाँच्दछ। सुन्दा अचम्म लाग्न सक्छ तर झ्याउको बाँच्ने क्षमता विशाल भएकोले यो मरुभूमिदेखि लिएर हिउँको चिसो ध्रुवीय क्षेत्रसम्म जताततै पाइन्छ।


झ्याउ : फाइदा थाहा पाएपछि तपाईंले उपेक्षा गर्नुहुन्न

Loading

संसारमा फूल फुल्ने र नफुल्ने गरी दुई किसिमका वनस्पति हुन्छन्। झ्याउ फूल नफुल्ने र बीउ उत्पादन गर्न नसक्ने बिरुवा अन्तर्गत पर्दछ। यो फूल फुल्ने बिरुवा (फेनेरोगेम्स) पछिको सबैभन्दा ठूलो समूह हो। यी बिरुवाहरूमा हरितकोण (क्लोरोफिल) हुने हुनाले आफ्नो खाना आफैं बनाउँछन्। त्यसैले यिनीहरू स्वपोषित (अटोट्रप्स) हुन्छन्।

गर्भधान हुन पानी चहिने भएकोले यसलाई बिरुवा राज्यको उभयचर वनस्पति भनिन्छ। यिनीहरू प्राय:जसो ओसिलो, चिस्यान भएको, छायाँदार ठाउँहरूमा पाइन्छन्। झ्याउ तनाव सहन सक्ने प्रजाति भएकोले यिनीहरू समुद्र बाहेक विभिन्न वातावरणीय अवस्थामा बाँच्दछन्। सुन्दा अचम्म लाग्न सक्छ तर झ्याउको बाँच्ने क्षमता विशाल भएकोले यो मरुभूमिदेखि लिएर हिउँको चिसो ध्रुवीय क्षेत्रसम्म जताततै पाइन्छ। तिनीहरू सिमेन्टको भित्ता, माटोको पर्खाल, पुरानो रबर टायर, छालाका सामान जस्ता विविध किसिमका प्राकृतिक र मानव निर्मित स्तम्भहरूमा समेत पलाउन सक्छन्।

यिनीहरू चट्टान, ढुङ्गा, माटो, नदीको किनारमा वा रूखहरूमा चटाई वा कुशनको रूपमा राम्ररी सँगै मिलेर बढेका हुन्छन्। नेपालमा हाल १२ सय १५ प्रकारका झ्याउ पाइन्छ। रूपात्मक रूपमा बिरुवाको आकार माइक्रोस्कोपिक न्यानोमित्रीउम अस्तानीदेखि २ मिटरसम्मको हुन्छ। सबैभन्दा ठूलो प्रजाति फन्टिनालिस डलाकार्लिका १६६ सेन्टिमिटरको हुन्छ।

यस वनस्पतिको जीवनचक्र दुई चरणमा पूरा हुन्छ। यिनीहरूको जीवनचक्रमा पुस्ताको परिवर्तन (अल्टरनेशन अफ जेनेरेशन) हुन्छ। झ्याउले ह्याप्लोइड गेमेटोफाइट चरण र डिप्लोइड स्पोरोफाईट चरणमा भिन्नै रूप देखाउँदछ। ह्याप्लोइड गेमेटोफाइटहरू जीवन चक्रमा प्रभुत्वशाली र स्वतन्त्र हुन्छन् र पोथी प्राजनन कोष (आर्चेगोनिया) र भाले प्राजनन कोष (एन्थेरिडिया) उत्पादन गर्छन्।

पोथी प्रजनन कोषमा शुक्राणु सार्न र नषेचनको (फरटीलाइजेशन) लागि पानी अत्यावश्यक हुन्छ। निषेचित अण्डा जाइगोटिक हुन्छन् भने आर्चेगोनियाभित्र भ्रूण स्पोरोफाइटमा विकसित हुन्छन्। त्यसकारण डिप्लोइड (परिपक्व) स्पोरोफाईटहरू कहिलेकाहीं देखा पर्दछन् र गेमेटोफाइटमै जोडिएर बसेको हुन्छन्। पोषणात्मक हिसाबले पनि गेमेटोफाइटमै निर्भर रहन्छन्।

झ्याउले लामो समयको खडेरी सहन सक्दछ किनकि त्यस अवधिमा बोट सुक्खा रहन्छ। अनुकूल अवस्थामा, वर्षाको कारण जब वातावरण ओसिलो हुन्छ, यो वनस्पतिको पुरानो थ्यालस नयाँमा विकसित हुन्छ। झ्याउ वनस्पतिको एउटा वर्ग भएतापनि यसलाई पुन: तीन उप-वर्गमा (लिभरवर्ट, हर्नवर्ट र मसेस) विभाजन गरिएको छ। मसेसमा प्राय: राइज्वाइड, कान्ड र साधारण पात हुन्छ।

प्रत्यक्ष रूपमा यसको महत्व कम देखिए तापनि अप्रत्यक्ष रूपमा झ्याउ हाम्रो समाजको लागि विभिन्न प्रकारका महत्वहरू बोकेको प्रजाति हो। झ्याउलाई विभिन्न क्षेत्रहरूमा दिगो प्रयोग गरियो भने सामाजिक अर्थव्यवस्था बढाउन पनि मद्दत गर्न सकिन्छ। झ्याउले वातावरणमा प्रकाश संश्लेषण, उत्पादन, माटो गठन, पोषक चक्र र प्राथमिक उत्तराधिकार (प्राइमरी सक्सेसन) का रूपमा महत्वपूर्ण भूमिका खेल्दछ।

केही प्रजाति हरियो चिया (ग्रीन टी) तयार गर्न प्रयोग गर्न सकिन्छ भने अरू प्रजाति तकिया, शिशुको ओछ्यान सामग्री, गद्दा र पानीको भाँडोलाई समर्थन गर्न आधारभूत सामानहरू बनाउन सकिन्छ। त्यसैगरी केही प्रजातिहरूले इन्सुलेटरहरूको रूपमा काम गर्दछन्। झ्याउले जुत्ताको भित्री भागहरूमा हुने ओसिलोपन र पसिना समेत सोस्ने गर्दछ। यो बाहेक झ्याउमा कार्बोहाइड्रेट, प्रोटिन, एमिनो एसिड, सेकेन्डरी मेटाबोलाइट्स र औषधीय मूल्य हुन्छ। जस्तै मार्चेन्टिया पोलीमर्फा हेप्याटिक डिसआर्डर (पिलिया, हेपाटाइटिस) लाई निको पार्न प्रयोग गरिएको छ भने प्लेजिओक्याजमा एपेन्डीकुलटम र टारगोनिया हाइपोफिला छाला रोगहरूलाई निको पार्न प्रयोग गरिएको छ।

साथै यसबाट विभिन्न प्रकरका रसायन निकाली औषधीय गुणको अध्ययन जारी छ। त्यसैले यस्ता महत्वपूर्ण वनस्पतिको संरक्षण र थप अध्ययन गर्न अत्यन्तै जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तनहुँमा एक वर्षमै ९३७ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

Next Post

प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

प्रहरी समायोजन गराउन मधेश सरकारद्वारा आन्दोलन घोषणा

हात्तीले भत्कायो ७ घर

मिटरब्याजीबाट पीडित बनेकाहरुलाई भदौ ५ भित्र उजुरी दिन आग्रह

हात्तीले भत्कायो ७ घर

हात्तीले भत्कायो ७ घर

प्रहरी समायोजनको माग गर्दै मधेशका मुख्यमन्त्रीको नेतृत्वमा धर्ना शुरु

प्रहरी समायोजनको माग गर्दै मधेशका मुख्यमन्त्रीको नेतृत्वमा धर्ना शुरु

भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँदै

भाेलिदेखि राजविराजमा यातायात कार्यालय संचालनमा आउँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.