ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास


सशस्त्र प्रहरीको एसटिएफ तालिम, आतंकवादबिरुद्ध लड्न बल पुग्ने विश्वास

Loading

राजविराज । सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय बरमझियामा आयोजना गरिएको स्पेसल टास्क फोर्स (एसटिएफ) को तालिम समापन भएको छ ।

सप्तरीको कंचनरुप नगरपालिका–२ स्थित उक्त शिक्षालयमा बुधबार आयोजित समारोहकाबीच तालिम समापन भएको हो ।

यसअघि स्पेशल टास्क फोर्स तालिम काठमाडौं उपत्यकामा मात्रै आयोजना हुँदै आएकोमा पहिलो पटक यहाँ आयोजना गरिएको सशस्त्र प्रहरी बलका मानव श्रोत विभाग प्रमुख अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले जानकारी दिए ।

तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई ट्याग लगाइदिदैं दाहालले प्रमाण पत्र वितरण गरे ।

सशस्त्र प्रहरी नायव उपरीक्षक ओमराज बानियासहित २३ जनाले स्पेसल टास्क फोर्सको तालिम दिएका थिए । यी प्रशिक्षकलाई पनि अतिरिक्त महानिरीक्षक दाहालले प्रशंसा पत्र प्रदान गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अतिरिक्त महानिरीक्षक दाहालले सुरक्षा प्रणालीलाई मजबुत बनाउन यो तालिमको आयोजना गरिएको बताए ।

आजको यो तालिम विशेष भएको बताउँदै उनले हातहतियारको प्रयोगदेखि जमिन पानी र जस्तोसुकै परिस्थितिमा काम गर्न सिकाएको बताए ।

आइपर्न सक्ने विषम परिस्थितिमा काम गर्न स्पेसल टास्क फोर्स तालिम दिदै आएको बताउँदै उनले यस तालिमले संबेदनशिल ठाउँमा काम गर्न सक्षम बनाउने बताए ।

यो तालिमले पृथकतावादी, आतंकवाद नियन्त्रण गर्न सक्षम बनाएको बताउँदै उनले मानसिक एवं शारीरिक रुपमा कुशल, दृढ बनाएको बताए ।

तालिमपछि हतियारमा निपुणता र तत्काल रेस्पोन्स गर्नेमा दक्षता हासिल भएको भन्दै इमान्दारीपूर्वक काम गर्न आग्रह गरे ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आतंकवाद अहिले संसारमा क्यान्सरको रुपमा रहेको बताए । आतंकवाद नेपालमा पनि नहोला भन्न नसकिने अवस्था रहेको भन्दै उनले यो तालिमले सशस्त्र प्रहरी लड्न सक्षम हुने विश्वास व्यक्त गरे ।

तालिममा ९७ जनाको सहभागिता रहेको भएपनि २० जना नसकेको र ५९ जनाले पूरा तालिम लिएको शिक्षालयका समादेशक एसएसपी डा. नेत्र कार्कीले जनाए ।

उनले यो तालिमपछि आतंकवादबिरुद्धको क्षमता प्रदान गर्न चुस्त दुरुस्त तरिकाले काम गर्ने विश्वास व्यक्त गरे ।

सशस्त्र प्रहरीमा आतंकवाद उपशाखा गठन भई काम शुरु गरिसकिएको समेत जानकारी दिए ।

तालिमका प्रशिक्षार्थीहरुले आफूले सिकेको कार्यकौशलता तालिम समापनको अवसरमा प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, हाकिम र योजना हाकिमलाई कार्वाहीको माग

Next Post

अभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा दुई सशस्त्र प्रहरी बेपत्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

अभ्यास गर्ने क्रममा सप्तकोसी नदीमा दुई सशस्त्र प्रहरी बेपत्ता

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

डुबेका सशस्त्र प्रहरी खोज्ने क्रममा अर्को ब्यक्तिको शव फेला

सप्तकोशीमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

सप्तकोशीमा मृत भेटिएका व्यक्तिको खुल्यो पहिचान

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

सप्तरी : डाँका समूहद्वारा गोली हानी एकको हत्या

कोशी नहरको गेटमा फेला प¥यो लास

बेपत्ता सशस्त्र प्रहरीमध्ये एकको शव भेटियो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.