राजविराज । सप्तकोशी नदीमा डुबेर दुईजना सशस्त्र प्रहरी बेपत्ता भएका छन्।
वर्षातको समयमा बाढीपहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला उनीहरू बेपत्ता भएकाबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
अभ्यास गर्ने क्रममा प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी दाहालको नेतृत्वमा सुरक्षा अधिकारीको टोली पुगिसकेको छ ।
बेपत्ता भएकाहरूको खाेजी भइरहेको प्रहरीले जनाएको छ ।