राजविराज । सप्तकोशी नदीमा विपद उद्धार अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव भेटिएको छ ।
बिहीबार डुबेर बेपत्ता भएका मध्ये सशस्त्र प्रहरी जवान हरदेव राजवंशी मृत अवस्थामा भेटिएका हुन् ।
उनी हनुमाननगर कंकालिनी नपाकाे याेगिनियाँमा मृत भेटिएका हुन् । बालुवामा घाेप्टाे परेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
अर्को जवान सुरज साउदको अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।
बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट टोली यहाँ आइपुगेको छ ।
सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोरका अनुभवी टोली यहाँ आइपुगेको बताए