ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, October 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन


कालोपट्टी बाँधेर राजविराज नगरपालिकाका कर्मचारीले गरे पेनडाउन

Loading

राजविराज ।

प्रमुख प्रशासकीय अधिकृतलाई कार्वाही गरी सरुवा र योजना शाखा प्रमुखलाई कार्वाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारीले बिहीबारबाट शुरू गरेको आन्दोलनलाई शुक्रबार पनि निरन्तरता दिएका छन् ।
शुक्रबार सबै वडा कार्यालयमा कार्यालयको समय अवधीभर कालोपट्टी बाँध्दै बिहान ११ बजेदेखि १ बजेसम्म २ घन्टा पेनडाउन गरी सबै कर्मचारी धर्नामा बसेका छन् ।
यस किसिमको आन्दोलन २५ गतेसम्म जारी रहने र त्यस पश्चात पनि माग पूरा नभए प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताल्चा लगाई सबै कर्मचारी धर्नामा बस्ने, २८ गतेदेखि असार १ गतेसम्म अतिआवश्यक सेवा बाहेक कार्यालय तथा मातहतका सबै वडा कार्यालयहरुको सम्पूर्ण कामकाज बन्द गरी धर्नामा बस्ने नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समिति, राजविराजका अध्यक्ष कल्पना देवले बताइन् ।
त्यस अवधीमा पनि मागहरु पूरा नभएमा बैठक बसी थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिइन् ।
नगरपालिकामा वितग १५ वर्षदेखि निरन्तर करार सेवामा कार्यरत अधिकृतस्तर छैठौं तहका ईन्जिनियर अशोक कुमार दासको सम्झौता अवधी रहेपनि बिना कारण करार सेवा भंग गरेकाले प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहलाई कार्वाही गरी सरुवा गर्नुपर्ने माग उनीहरुको छ ।
यस्तै, योजना शाखा प्रमुख मनोज यादवले कार्यालयकै कर्मचारीको भविष्यमाथि बारम्बार खेलवाड गर्ने तथा मानसम्मानमाथि आघात पुर्याउने काम गर्दै आएकाले उनीमाथि कार्वाहीको माग गरिएको छ ।
कानून विपरित सहमति लिई यस कार्यालयमा गैरकानुनी रुपमा हाजिरी गराइएको कर्मचारीलाई कार्यपालिका बैठकको निर्णयबाट फिर्ता गर्ने निर्णय भएको जनाउँदै त्यसलाई कार्यान्वयन गर्न माग गरिएको छ ।
आ.व. २०८०/८१ मा नगर कार्यपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरुमा काम गरेका ज्यालादारी कामदारहरूको १६ दिनको पारिश्रमिक अविलम्ब भुक्तानी गर्नुपर्ने, नगर कार्यपालिकाको कार्यालयभित्र एक कर्मचारी विभिन्न शाखाको प्रमुख भई कामकाज गरिरहेको अवस्था देखिएको हुँदा एक शाखा, एक शाखा प्रमुखको व्यवस्था गर्नुपर्ने माग उनीहरूकाे छ ।
यस्तै, कार्यालयमा कार्यरत करार कर्मचारी र ज्यालादारी कामदारहरूमाथि भइरहेको विभिन्न प्रकारको दमन बन्द गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने, निमित्त प्रमुख प्रशासकीय अधिकृत वरिष्ठतम् कर्मचारीलाई मात्र अधिकार दिने व्यवस्था गर्नुपर्ने, कुनै पनि कर्मचारीको व्यक्तिगत खटनपटन, अवकाश र निलम्बन बारे निर्णय गर्दा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समितिको सल्लाह सुझाव लिई मात्र निर्णय गर्ने व्यवस्था गर्नुपर्ने र सम्पूर्ण कर्मचारीहरुलाई दुर्घटना विमाको व्यवस्था गर्नुपर्ने माग उनीहरूले गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

विश्व बातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना

Next Post

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

दलित एवं विपन्न छात्रालाई ब्याग वितरण

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

बिना अनुमति संचालित दुई निजि विद्यालय बन्द गराइयाे

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

बेपत्ता अर्को सशस्त्र प्रहरीको पनि शव भेटियो

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.