![]()
राजविराज । सप्तकोशी नदीमा विपद उद्धार अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदको पनि शव भेटिएको छ ।
गत बिहीबार डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान साउदको शव आइतबार भेटिएको प्रहरीले जनाएको छ । उनको शव डुबेको भन्दा केही दक्षिणतर्फको दुरीमा भेटिएको सप्तरी प्रहरीका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
साउदसँगै डुबेका हरदेव राजवंशी भने शुक्रबार नै मृत अवस्थामा भेटिएका थिए ।
उनी हनुमाननगर कंकालिनी नपाकाे याेगिनियाँमा मृत भेटिएका हुन् । बालुवामा घाेप्टाे परेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।
बर्षातको समयमा बाढीपहिरोबाट फँसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला डुबेर उनीहरू बेपत्ता भएका थिए ।
बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट टोली यहाँ बाेलाइएकाे थियोे ।












