ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, October 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ


निलम्बित र कावा मेयरबीचको विवाद प्रष्टफुटित, आफ्ना नजिकको हाकिम राख्ने दाउ

Loading

राजविराज । सप्तरीका १८ पालिकामध्ये काममा धेरै पछि परेको राजविराज नगरपालिकामा निलम्बित मेयर र कावा मेयरबीचको विवाद प्रष्टफुटित भएको छ ।
कर्मचारीको बिषयलाई लिएर दुबै आमने सामने भएका हुन् । चालू आ.ब.को अन्त्यसम्म कुनै पनि काम हुन नसकेको यो नगरपालिकामा निलम्बित मेयर भीमराज यादव र कावा मेयर इसरत परबिनबीच चर्किएको विवादले काममा अझ अवरोध हुने पक्कापक्की देखिएको छ ।
पछिल्लो पटक नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहको सरुवा भएको छ । साहको सरुवा गरी शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्त बनाएर संघीय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले पठाएको छ ।
शिक्षा शाखा प्रमुख यादवलाई निमित्तको जिम्मेबारी दिएको भोपलिपल्टै आईतबार निलम्बित मेयर दलबलका साथ आएर नगरपालिकाको कार्यालयमा तालाबन्दी गराएका छन् ।
तालाबन्दीपछि बोल्दै यादवले पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका उप सचिव डा. साहले भ्रष्टाचारमा लगाम लगाएका कारण उनको सरुवा गरिएको बताए । ‘भ्रष्टाचारलाई लगाम लगाउँदै चेकमा हस्ताक्षर गर्न छोडेपछि उनको लाखौंलाख खर्च गरेर सरुवा गरिएको छ’ यादवले भने ।
उनले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका भोगेन्द्र यादव भ्रष्टाचारी रहेको आरोप समेत लगाए । ‘उनले लाखौंलाख भ्रष्टाचारी गरेको छ’ यादवले भने, ‘उनी जनताको रगतको पैसाले लेखापाल र इन्जिनियरलाई लिई थाइल्याण्ड  घुमेका छन् ।’
आफू निलम्बन भएपछि कावाले कुनै सल्लाह नगरेको भन्दै उनले धेरै सम्झाएपनि वास्ता नगरेको बताए । ‘उनले प्रश्न गरे, ‘नगरको विकास कति भएको छ ?’
आफ्ना नजिकको हाकिम राख्ने दाउ
निलम्बित मेयर यादवले जेजस्तो भएपनि नगरपालिकामा कर्मचारीकै विवादका कारण एकै पार्टीबाट निर्वाचित दुबै जना आमनेसामने आएका हुन् । यी दुबै जसपा नेपालबाट निर्वाचित भएका हुन् ।
नगरपालिकाको योजना शाखा प्रमुख मनोज यादव निलम्बित मेयरका निकटतम हुन् । पछिल्लो पटक योजना शाखा प्रमुख यादवले नगरपालिकामा तोडफोडको प्रयास गरेका थिए । घट्नापछि कावाले प्रहरीमा जाहेरी दिएपछि उनले लिखित रुपमै माफी मागेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका डा. श्रवण साह पनि योजना अधिकृतसँगै मिलिसकेका थिए । यी दुबै नगरपालिकाले आयोजना गरेको बसपार्क उद्घाटनमा सहभागी समेत भएका थिएनन् ।
प्रमुख प्रशासकीय अधिकृत साह र योजना प्रमुख यादव एकातिर हुँदा बाँकी कर्मचारी एकातिर थिए ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समितिको अगुवाईमा बाँकी कर्मचारी साह र यादवलाई कार्वाहीको माग गर्दै गत बिहीबारदेखि आन्दोलनै शुरुवात गरेका छन् ।
कर्मचारीको आन्दोलनबीच निलम्बित मेयर पक्षधरद्वारा नगरपालिकामा तालाबन्दी गरिएको छ ।
नगरपालिकामा अर्काे कर्मचारी विवाद पनि छ । यहाँ एक जना स्थायी इन्जिनियरको पदस्थापना गरिएको छ । यसपछि करारमा कार्यरत इन्जिनियर अशोक दासलाई प्रमुख प्रशासकीय अधिकृत डा. साहले करार भंग गरेका छन् ।
आन्दोलित कर्मचारीका अनुसार दासको करार अवधी बाँकी नै रहेको समयमा उनलाई हटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

थप दुई विद्यालयको माथिल्लो कक्षा बन्द गराइयो

Next Post

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

राजविराजको विवाद : दिनभरको बैठक निष्कर्षमा पुगेन, प्रमुख प्रशासकीय अधिकृतमै तानातान

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

लगाइएको ताला तोडेर हाकिमलाई हाजिर गराएपछि झडप, व्यापक तोड्फोड

अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

अराजक गतिविधिको जिम्मेवार पार्टी होइन : जसपा नेपाल 

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

तीन बुँदे सहमतिसँगै राजविराजकाे विवाद टुँगियाे

तोडफोड गरेर लिखित गल्ती स्वीकारेकाद्वारा दोस्रो पटक व्यापक तोडफोड

तोडफोड गरेर लिखित गल्ती स्वीकारेकाद्वारा दोस्रो पटक व्यापक तोडफोड

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.