![]()
राजविराज । राजविराज नगरपालिकामा भएको व्यापक तोडफोडको जिम्मेवारी आफ्नो पार्टीले नलिने जनता समाजवादी पार्टीका सप्तरी अध्यक्ष केदार प्रसाद यादवले बताएका छन् ।
नगरपालिकामा मंगलबार बिहान निलम्बित मेयर भीमराज यादव नेतृत्वको टोलीले तोडफोड गर्दा लाखौंको क्षति भएको छ । यादवले लगाएको ताला तोडेर कावा मेयर इसरत परबिनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई हाजिर गराएपछि यादवका समर्थकले तोडफोड गर्न शुरु गरेका थिए । ती समूहले नगरपालिकाका लेखापाल शत्रुधन दासलाई निर्घात कुटपिट समेत गरेका छन् ।
निलम्बित मेयर यादव र कावा मेयर परबिन जसपा नेपालबाट निर्वाचित भएका हुन् ।
सोही समस्यालाई लिएर जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको बैठकमा आफ्नो धारणा राख्दै जसपा अध्यक्ष यादवले पार्टीले यस किसिमको अराजक कार्यको जिम्मेवारी नलिने बताए ।
‘अराजक काम गर्ने स्वयं जिम्मेवार हुन’ उनले भने ।












