राजविराज ।
सप्तरीको रूपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकी भतौलमा अध्ययनरत छात्रालाई ब्याग वितरण गरिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड शाखा कार्यालय राजविराज द्वारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त विद्यालयका दलित एवं विपन्न छात्रालाई ब्याग वितरण गरेको हो ।
विद्यालयमा अध्ययनरत ७० जना दलित तथा बिपन्न छात्रालाई व्याग बितरण गरिएको बैंकको राजविराज शाखा प्रबन्धक राजकुमार यादवले जानकारी दिए । उक्त अवसरमा वडाध्यक्ष छेदी ईसर, गापाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारी, विद्यालयका प्रअ शिव नारायण यादव, पत्रकार विनय कर्ण, गाउँपालिकाका शिक्षा शाखाका देबराज अधिकारीसहितको उपस्थिति थियो ।
वडाध्यक्ष इसरले बैंकले यो कार्यक्रम गरेर शिक्षा प्रती राम्रो कार्य गरेको बताए