![]()
राजविराज । सप्तरीमा डुबेर दुई जना बालिकाको ज्यान गएको छ ।
जिल्लाकाे सुरुङ्गा वडा नम्बर २ स्थित हर्दिया घर भएकी दुई जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय सुरेन्द्र चौधरीकी ७ बर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ बर्षीया छोरी आशकी चौधरी छन् ।
यी दुई बालिकासहित ८ बर्षीया छोरी प्रियान्सु चौधरी समेत सोमबार साँझ स्थानीय अरविन्द चौधरीको पोखरीमा उनीहरू नुहाउन गएकी थिइन् ।
दुई जनाकाे नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
डुबेको घटनाबारे प्रियान्सुले जानकारी गराएपछि स्थानीयले खोजीकार्य गरी दुबै बालिकालाई पोखरीबाट निकालेको उनले बताए ।
प्रियान्सु भने सकुशल रहेकाे र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।












