ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मेयरको मनोमानीका कारण खडकका कर्मचारी दशैंमा समेत तलव नपाउने स्थितिमा


खडक नगरपालिकाका प्रमुख चौधरी : आफैं बोक्सी आफैं धामी

Loading

राजविराज । सप्तरीको खडक नगरपालिकामा मेयरका कारण कर्मचारीले दशैंमा समेत तलव पाउन नसक्ने भएका छन् । मेयरले मनोमानीका कारण नगरपालिकाका सम्पूर्ण कर्मचारी तलव पाउनबाट बंचित हुने अवस्थाकाृ सृजना भएको छ ।

यो नगरपालिकाको सभा ३१ असारमै सम्पन्न्न भई सूत्र प्रणालीमा समेत प्रविष्ट भइसकेको अवस्थामा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७३ बमोजिम मेयरले खर्च अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई दिनुपर्ने हो ।

तर, मेयर जयप्रकाश चौधरीले यो अख्तियारी नदिँदा कर्मचारीले दशैं जस्तो चाडमा पनि तलव पाउन नसकेका हुन् ।

गत २ असोजमा बसेको कार्यपालिका बैठकले नगरपालिकाको चालू आ.ब. २०८२/०८३ को आर्थिक कारोकार सुचारुको निम्ति प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम अख्तियारी दिने निर्णय गरेको थियो ।

तर, त्यो निर्णयलाई समेत लत्याउँदै मेयर चौधरीले अख्तियारी नदिएको एक वडा अध्यक्षले नै बताएका छन् ।

तलव पाउने स्थिति नदेखिएपछि कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले उपलब्ध गराइदिन नगरपालिकामा निवेदन दिएर दवाव सृजना गरेका छन् । दवाव सृजना गरेपछि मेयर चौधरी कार्यालय आउनै छाडेका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतन बिनय कुमार सोनुले पटक–पटक आग्रह गर्दा समेत मेयरज्यूले अख्तियारी दिन नमानेको बताए । ‘कार्यपालिका बैठकको निर्णय समेतलाई नमानेपछि कर्मचारी तलवबाट बंचित भएका छन्‌’ उनले भने, ‘आफूले यसबारेमा मन्त्रालयलाई जानकारी गराइसकेको छु ।’

यस सम्बन्धमा मेयर चौधरीसँग बुझ्‌न खोज्दा उनी सम्पर्कमा आएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

संसद भवन तोडन दिँदा हुन्थ्यो, नौजवानको जीवन लिनु दुःखद : विश्वप्रकाश शर्मा

Next Post

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

भागेका कैदीबन्दीलाई देखेमा सूचना दिन सप्तरी प्रहरीको आग्रह

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले भन्यो–निर्धक्कका साथ चाडपर्व मनाऔं

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.