![]()
राजविराज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भदौ २३ गते नौजवानहरुको जीवन लिनेलाई कार्वाही गर्नुपर्ने बताएका छन् ।
संसद भवन तोड्न गएका त्यत्तिका नौ जवानहरुको जीवन लिनु दुःखद भएको उनले बताए । ‘संसद भवन तोडन दिएकै भए हुन्थ्यो’ आज राजविराजमा पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले भने, ‘एउटा भित्तो तोड्ने नाममा नौजवानहरुको ज्यान लिइएको छ ।’
उनले अत्यधिक बल प्रयोग गर्ने घट्नाको छानबिन गरी दोषीलाई कार्वाही गर्नुपर्ने बताए ।
महामन्त्री शर्माले संविधान रहेपनि घाइते अवस्थामा रहेको बताए । घइते संविधानलाई स्वस्थ्य बनाउनु जरुरी भएको उनले बताए ।
पार्टीको १५औं महाधिवेसन मंसिरसम्म गर्नुपर्नेमा जोड् दिदैं उनले उक्त समयमा प्रकृया पूरा गर्न नसकिए पुरानै महाधिवेसन प्रतिनिधीलाई बोलाएर भएपनि विशेष अधिवेसन गर्नुपर्ने बताए । ‘यसरी पनि गर्न नसकिए पार्टीको विधान बमोजिम केन्द्रीय समितिले बोलाउनुपर्ने उनले बताए ।












