ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा


देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा

Loading

देव जातीहरुको अन्तर्राष्ट्रिय महासम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी असोज १७, १८ र १९ गते राजविराजमा महासम्मेलनको आयोजना गरिदैंछ ।

देव जातीका बिभिन्न ५ वटा संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको महासम्मेलनमा नेपालको मेचीदेखि महाकालीसम्म छरिएर रहेका सम्पूर्ण देव जाती तथा भारतको बिभिन्न ठाउँमा रहेका देव जातीको सहभागिता रहनेछ ।

आयोजकले आज राजविराजस्थित वागेश्वरी सेवा समितिको कार्यालयमा पत्रकार सम्मेलन गरी महासम्मेलनबारे जानकारी गराएको छ । महासम्मेलन तयारी समितिका संयोजक इन्जिनियर इन्द्रनारायण देवले नेपालमा अत्यन्तै अल्पसंख्यक रहेको देव जातीप्रति राज्यले अहिलेसम्म कुनै चासो नदिएको बताए ।

देव जाती आफ्‌नै बलबुतामा राज्यका संयन्त्रमा पुग्ने गरेपनि उत्थानका निम्ति राज्यको तर्फबाट कुनै पहल हुन नसकेको बताए ।

उनले देव जातीको पहिचान एवं सर्वमान्य इतिहास निर्माण गर्न, जातीय संस्थाहरुबीच समन्वय, समझदारी, सदभाव, परस्पर सहयोग एवं सम्पूर्ण स्वजातीबीच एकताबद्ध गराउने उद्देश्यले महासम्मेलन गर्न लागिएको बताए ।

देवजातीको संस्कृति, एवं संस्कारको संरक्षणका क्रममा स्वजातीबीच बढिरहेको छोडपत्र, बहुविवाह, अन्तरजातीय विवाह, समगोत्री विवाह एवं दाइजो प्रथा न्यूनिकरणका प्रयासहरु महासम्मेलनबाट खोजिने उनले बताए ।

पत्रकार सम्मेलनमा तयारी समितिका सह संयोजक राजेन्द्र देवले महासम्मेलन मार्फत् स्वजातीबीच रहेको संस्कारगत क्रियाकलापमा समय साक्षेप परिमार्जन संशोधन गरिने बताए ।

उनले दिनमा विवाह गर्ने प्रावधान लागू गर्ने उद्देश्य समेत रहेको बताए । श्राद्ध कर्ममा दुई दिन श्राद्ध एवं सम्पीडन दिन मात्रै भोजको बारेमा छलफल गर्दै महासम्मेलनले अति अल्पसंख्यक देव जातीको लागि सरकारसँग आरक्षणको व्यवस्था समेत मिलाउन माग गर्ने तयारी गरेको छ ।

राजविराजस्थित वागेश्वरी सेवा समिति र भावनी सेवा समिति, विराटनगरस्थित विराट देव सेवा समिति र झापाको बिर्तामोडस्थित देव समाजले संयुक्त रुपमा महासम्मेलनको आयोजना गर्दैछ ।

महासम्मेलनले एउटा छाता संगठन निर्माण गर्ने र सबै संस्थाहरु यसको सदस्य रहने संयोजक इन्जिनियर देवले बताए ।

पत्रकार सम्मेलनमा तयारी समितिका अर्का सह संयोजक इन्द्रकुमार देवले स्वागत मन्तव्य व्यक्त गर्दै महासम्मेलन सफल बनाउन सबैसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मेयरको मनोमानीका कारण खडकका कर्मचारी दशैंमा समेत तलव नपाउने स्थितिमा

Next Post

भागेका कैदीबन्दीलाई देखेमा सूचना दिन सप्तरी प्रहरीको आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

भागेका कैदीबन्दीलाई देखेमा सूचना दिन सप्तरी प्रहरीको आग्रह

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

प्रेस युनियन, सप्तरीद्वारा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

याडिया कम्पनीको विद्युतीय स्कुटरको बिक्री राजविराजमा शुरु

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरी प्रहरीले भन्यो–निर्धक्कका साथ चाडपर्व मनाऔं

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.