ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 9, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन


सप्तरीको मन्दिरमा पहिलो पटक जुत्ता, चप्पलको व्यवस्थापन

Loading

राजविराज । दशैंमा शक्तिपीठहरु जाँदा जुत्ता, चप्पल कहाँ राख्ने ? चिन्ता प्रायः सबैलाई हुन्छ । किनभने भींड नै अत्यधिक हुन्छ । भींडकै मौका छोपेर कतिपयको जुत्ता, चप्पल हराउने पनि गर्दछ ।

यहीं अवस्थालाई मध्यनजर गर्दै सप्तरीमै पहिलो पटक श्रद्धालुको जुत्ता, चप्पल व्यवस्थापन गर्ने कार्य प्रारम्भ भएको छ । दशैंमा धेरै भींड हुने छिन्नमस्ता मन्दिरमा यो कार्य सोमबारदेखि शुरु गरिएको छ ।

विश्व हिन्दु परिषद् नेपाल सेवा विभाग सप्तरीद्वारा मन्दिर प्राङ्गणमा जुत्ता, चप्पल व्यवस्थापन शुरु गरिएको छ । यो मन्दिरमा फुलपातीको दिन अत्यधिक भींड रहने गर्दछ ।

एक हजार झोला खरीद गरेर श्रद्धालुको जुत्ता, चप्पल निःशुल्क व्यवस्थापन गरिरहेको परिषद्का मधेश प्रदेश संगठनका सचिव जंगबहादुर सिंहले बताए । झोलाहरुमा उल्लेख भएको कुपन नम्बर जुत्ता, चप्पल राख्ने श्रद्धालुलाई दिने गरेका छौं’ उनले भने, ‘ पूजापाठ गरी फर्किदा कुपन दिएपछि हामी फिर्ता गर्ने गरेका छौं ।’

यो कार्यमा १५ जना स्वयंसेवक र परिषद्का पदाधिकारी गरी २५ जना खटिएका छन् । स्वयंसेवक र पदाधिकारी पनि सेवाभावले निःशुल्क काम गरिरहेको सिंहले बताए ।

जुत्ता, चप्पल व्यवस्थापन गर्ने कार्यको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गरेका छन् ।

परिषद्लाई व्यानर, टेन्टहरु भने छिन्नमस्ता गाउँपालिकाले उपलब्ध गराएको छ ।

संगठन विभाग सचिव सिंहले यो कार्य विजयादशमीको दिनसम्म संचालनमा रहने बताए । आगामी बर्षदेखि दशैंको शुरुवातमै यो कार्य संचालन गर्ने परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रहरीले भन्यो–निर्धक्कका साथ चाडपर्व मनाऔं

Next Post

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

देव जातीहरूकाे अन्तर्राष्ट्रिय महासम्मेलन शुरू

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

सप्तकोशीमा पानीको बहाब निरन्तर बढ्दै, ४६ ढोका खोलियो

काेशी व्यारेजका ५६ वटै ढाेका खाेलियाे

सप्तकोशी नदीमा पानीको बहाब लगातार बढ्दै, ५६ वटै ढोका खोलियो

काेशी व्यारेजकाे बहाब ५ लाख क्यूसेक पार गर्यो

काेशी व्यारेजकाे बहाब कम हुँदै 

काेशी व्यारेजकाे बहाब कम हुँदै 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ओभरस्पिडको मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.