ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, September 12, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै


मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

Loading

राजविराज । जन्मिएको शिशुलाई एक घण्टाभित्रै स्तनपान गराउनुपर्छ । कम्तीमा दुई बर्षसम्म स्तनपान गराइए शिशु र आमा दुबै स्वस्थ्य रहन्छन् । तर, सप्तरीसहित मधेश प्रदेशमा स्तनपान गराउने क्रम घटदै गएको छ ।

समाज जति शिक्षित बन्दै गएपनि स्तनपान गराउने क्रम घटदै गएको हो । राजविराजमा शुक्रबार आयोजित एक कार्यक्रममा स्तनपानको निराशाजनक तथ्यांक प्रस्तुत गरिएको छ ।

विश्व स्तनपान सप्ताहको समापन समारोहमा आयोजित सरोकारबालासँग अभिमुखिकरण कार्यक्रममा मधेश प्रदेशमा जन्मेको एक घण्टाभित्र ५४ दशमलव ८ प्रतिशत शिशुलाई मात्रै स्तनपान गराउने गरिएको जानकारी दिइयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. सतिश कुमार यादवले ६ महिनासम्म पूर्ण स्तनपान ६५ प्रतिशतले मात्रै गराइरहेको जानकारी दिए ।

दुई बर्षसम्म ९० दशमलव ८ प्रतिशतले स्तनपान गराइरहेको डा. यादवले बताए ।

उनका अनुसार स्तनपानभन्दा पनि दूधदानीबाट शिशुलाई दूध खुवाउने क्रम बढ्दो छ ।

‘दिगो जीवनको स्वस्थ्य सुरूवात : प्रभावकारी स्तनपानको लागि सबैको साथ’ आयोजना गरिएको सप्ताह समापनमा कार्यक्रमको उदेश्यबारे जानकारी गराउँदै स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख डा. यादवले सफल स्तनपान अभ्यासहरुको आदानप्रदान र विस्तारलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

शिशु एवं आमाको स्वास्थ्य र पोषण सुधारका लागि स्तनपानलाई प्रभावकारी रुपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिदै उनले स्तनपान मैत्री नीति, कार्यक्रम तथा सेवालाई सुदृढ बनाउनु आवश्यक भएको बताए ।

स्तनपान शिशुको सम्पूर्ण आहार र पहिलो खोप भएको बताउँदै यादवले स्तनपानले आमालाई पनि स्वस्थ्य राख्ने भएकाले जन्मेको ६ महिनासम्म कुनै खानेकुरा नदिई शिशुलाई स्तनपान गराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनाको बारेमा हेलन केयर इन्टरनेशनलका सावन यादवले जानकारी गराए भने स्तनपान तथा प्रजनन अधिकार सम्बन्धी एन कानुनको विषयमा जनस्वास्थ्य अधिकृत जागेश्वर खड्गाले जानकारी गराएका थिए ।

हेलन केयर इन्टरनेशनलको सहयोग हर्ड नेपालको साझेदारीमा जिल्ला जनस्वास्थ्य कार्यालयले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सरोकारबाला संघ–संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

Next Post

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.