ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, September 12, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु


सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

Loading

राजविराज । काठमाडौंबाट राजविराज चल्ने बसले यात्रुलाई दुःख दिएको पाइएको छ । काठमाडौंबाट राजविराज जाने भन्दै यात्रुलाई बसाएर बस परिवर्तन गरेपछि यात्रुलाई सास्ती खेप्नुपरेको हो ।

शुक्रबार साँझ काठमाडौंमा यात्रुलाई बसाएर राजविराज हिंडेको सिम्रिक यातायात नामक बसले अन्य बसमा यात्रुलाई बसाएका छन् । अरु बसमा बसाउँदा तोकिएको सिट नपाएर यात्रुलाई कष्ट भोग्नुपरेको छ ।

सिम्रिक यातायातको बा.प्र–१–ख–७१७७ नम्बरको बसमा राजविराज आउने यात्रुहरु ललितपुरको बालकुमारी, काठमाडौंको कोटेश्वर, गौशालासहितका ठाउँमा चढेका थिए । यात्रुलाई बसाएर हिंडेको उक्त बस कलंकी पुगेपछि जनकपुरको बसमा बसाएको कष्टका साथ राजविराज आएका एक यात्रुले बताएका छन् ।

‘मैले ए साइडको झयालनिरको ‘क’ सिट बुक गराएर गाडीमा चढेको थिएँ’ ती यात्रुले भने, ‘तर कलंकीमा ओरालेर अन्य बसमा बसाउँदा कष्टका साथ यात्रा गर्नुपरेको छ ।’

टिकट बुक भएको गाडीबाट ओराल्दा केही बेर कलंकीमा बसका कर्मचारीसँग बादविवाद पनि भएको र कर्मचारीले राम्रो सिटमा बसाएर राजविराजसम्मै पुर्‍याइदिने आश्वासन राजविराजका यात्रुलाई दिएका थिए ।

तर, जनकपुरका यात्रु बसेको बसमा केबिन र पछाडिको सिटमा बसाएर ढल्केबरसम्म ल्याएको यात्रुहरुको भनाई छ । आज बिहान ढल्केबर पुर्‍याउँदा बस कर्मचारीले एउटा माइक्रोमा बसाइदिएको र बिहान ११ बजेतिर राजविराज पुर्‍याएको यात्रुको भनाई छ ।

‘लग्ने मन नै थिएन भने किन टिकट बुकिङ्ग गर्नुपर्‍यो ?’ कष्टका साथ राजविराज आएका यात्रुले भने, ‘काठमाडौंदेखि राजविराजसम्मको लामो दूरीको यात्रा सिम्रिक बसका कारण सास्तीका साथ पूरा गर्नुपर्‍यो ।’

सिम्रिक यातायात प्रालिका मधेश प्रदेश इन्चार्ज अभिनय सिंहले बसका कर्मचारीको कुनै दोष नरहेको बताए । उनले टिकट बुकिङ्ग गर्ने व्यक्तिहरुको लापर्वाहीका कारण यात्रुलाई सास्ती खेप्नुपरेको बताए ।

बुकिङ्गकै कारण यात्रुहरुलाई समस्या खेप्नुपरेकोमा दुःख व्यक्त गर्दै उनले गल्ती गर्ने बुकिङ्गहरुलाई हटाइसकिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
1
+1
1
+1
0
+1
3

Related

Previous Post

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

Next Post

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

File Photo

पत्रकार श्रेष्ठलाई अबिलम्ब रिहाई गर्न जनअधिकार पार्टीको माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लामो समयदेखि आठ वटा शव अस्पतालको पोष्टमार्टम कक्षमा, विद्युत जाँदा दुर्गन्ध फैलिदैं

सडकमा महिलाले बच्चा जन्माएको प्रकरण : अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइयो

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

अस्पताल अगाडिकै सडकमा महिलाले जन्माइन शिशु, के भन्छ अस्पताल प्रशासन ?

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

३५ वर्षीया महिलालाई जवर्जस्ती करणी गरेको आरोपमा दिलिप पक्राउ

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.