ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 13, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

Loading

राजविराज । भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामान र मोटरसाइकल बरामद भएको घटनामा इलाका प्रहरी कार्यालय बोदेबरसाइनले तयार गरेको मुचुल्का तथा सार्वजनिक विवरणमाथि प्रश्न उठेपछि प्रहरीले छानबिन समिति गठन गरेको छ ।

घटनाको वास्तविक समय, स्थान तथा पक्राउसम्बन्धी विवरण प्रहरीको अभिलेखमा फरक ढंगले उल्लेख गरिएको आरोप सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले सिनियर प्रहरी अधिकृतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको पुष्टि गरे । उनले समिति सिनियर प्रहरी अधिकृतको नेतृत्वमा गठन गरिएको बताए पनि छानबिन समितिमा रहेका सदस्यहरूको नाम भने सार्वजनिक गर्न मानेनन् ।

तर, स्रोतका अनुसार छानबिन टोलीको नेतृत्व स्वयं प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले गरेका छन् । घटनासम्बन्धी जिल्ला प्रहरी कार्यालय सप्तरीले गत २१ गते सार्वजनिक गरेको विवरणमा पनि घिमिरेकै हस्ताक्षर रहेको देखिन्छ ।

यसले घटनाबारे सार्वजनिक गरिएको विवरणमाथि प्रश्न उठेको अवस्थामा सोही विवरणमा हस्ताक्षर गर्ने अधिकारीकै नेतृत्वमा छानबिन समिति गठन गर्नु निष्पक्षतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना भएको स्थानीय ब्रजेश कुमार यादवको भनाइ छ ।

स्थानीयका अनुसार सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित बोदेबरसाइन गाउँमा गत १८ गते अपराह्न करिब ३:३० बजे भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइएको सामानसहित एक व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएका थिए । त्यसपछि उक्त व्यक्ति र सामानलाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रहरीलाई बुझाइएको स्थानीयको दाबी छ ।

तर, प्रहरीको सार्वजनिक विवरणमा भने उक्त सामान , मोटरसाइकल १९ गते राति करिब १२:३० बजे बोदेबरसाइन नगरपालिका–५ स्थित शिवचोक सडकखण्डबाट बरामद गरिएको उल्लेख गरिएको छ । घटनाको समय र स्थानमै फरक देखिएपछि प्रहरीको मुचुल्का तथा सार्वजनिक विवरणमाथि स्थानीयले प्रश्न उठाउँदै आएका छन् ।

स्थानीयले प्रहरीलाई बुझाएको व्यक्तिलाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनका प्रमुख प्रहरी नायव निरीक्षक शिवशंकर शर्माले कार्यालयबाटै छाडेको आरोपसमेत लगाएका छन् ।

घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन भए पनि समितिको नेतृत्व र सदस्यबारे स्पष्ट जानकारी सार्वजनिक नगरिनु तथा सार्वजनिक विवरणमा हस्ताक्षर गरेका अधिकारीकै नेतृत्वमा छानबिन टोली गठन भएको भनाइ बाहिरिएपछि छानबिनको निष्पक्षतामाथि नै प्रश्न उठेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

Next Post

पत्रकार श्रेष्ठलाई अबिलम्ब रिहाई गर्न जनअधिकार पार्टीको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
File Photo

पत्रकार श्रेष्ठलाई अबिलम्ब रिहाई गर्न जनअधिकार पार्टीको माग

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

छोरी मात्रै जन्माएको निहुँमा बिष खुवाएर बुहारीको हत्या आरोपमा बद्री पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

छोरी मात्रै जन्माएको निहुँमा बिष खुवाएर बुहारीको हत्या आरोपमा बद्री पक्राउ

File Photo

पत्रकार श्रेष्ठलाई अबिलम्ब रिहाई गर्न जनअधिकार पार्टीको माग

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

प्रहरीको मुचुल्कामाथि प्रश्न उठेपछि ५ सदस्यीय छानबिन समिति गठन 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : बिहेमा नृत्य गर्ने किशोरीको हत्या आरोपमा गोबिन्दा पक्राउ 

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

गजेन्द्र नारायण सिंह अस्पताललाई ३०० शय्याको रूपमा यथाशीघ्र स्थापित गर्न माग

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.