![]()
गंगा साह
भारदह । सप्तकोशी नदीमा पानीको बहाब तिब्र रुपमा बढ्दै गएको छ ।
आज बिहान ११ बजे गरिएको मापन अनुसार ५ लाख १० हजार ९६० क्युसेक प्रती सेकेन्ड बहाब रहेको छ । यो बहाब खतराको संकेत हाे ।
पानीको बहाब बढ्दै गएपछि सबै ५६ वटै ढाेका खोलिएको छ ।
खतराको तह पार गरेसँगै काेशी व्यारेजकाे पुल भएर आवतजावतमा राेक समेत लगाइएको छ ।
काेशी नदीमा बहाब तिब्र भएपछि सप्तरीसँगै उदयपुर र सुनसरीका नदी तटीय क्षेत्र उच्च जोखिममा परेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले ती क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भन्दै एसएमएस पठाइएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले जानकारी दिएका छन् ।












