ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, October 6, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

६ बुँदे घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय देव महासम्मेलन सम्पन्न


६ बुँदे घोषणा पत्र जारी गर्दै अन्तर्राष्ट्रिय देव महासम्मेलन सम्पन्न

Loading

राजविराज । राजविराजमा आयोजना गरिएको अन्तर्राष्ट्रिय देव महासम्मेलन ६ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।
राजविराजमा सम्पन्न भएको महासम्मेलनपछि जारी गरिएको घोषणा पत्रमा दलित, आदिवासी–जनजाति, महिला, अपाङ्गता भएका व्यक्ति जस्तै अति अल्पसंख्यक देवजातिका लागि पनि छुट्टै आरक्षण प्रणाली लागू गर्न माग गरेको छ ।
देव जाति अति अल्पसंख्यक मध्ये रहेकाले राज्यका सबै तहमा समान अवसर र अधिकार सुनिश्चित गर्न नेपाल तथा भारत सरकारसँग समेत माग गरिएको छ ।
देव जातिलाई राष्ट्रिय जनगणनामा पृथक र स्पष्ट रूपमा उल्लेख गरिनुपर्ने, शिक्षा, रोजगारी, प्राविधिक तालिम र स्वास्थ्य क्षेत्र लगायत सरकारी निकायमा देव जातिका लागि आरक्षण कोटा सुनिश्चित गर्नुपर्ने, सरकारी छात्रवृत्ति, सीप विकास तालिम, स्वरोजगार कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गरिएको छ ।
घोषणा पत्रमा देव जातिभित्र विद्यमान कुरीति, कुसंस्कार र विसङ्गतिहरू (जस्तै– दहेज प्रथा, वैवाहिक छोडपत्र, समगोत्री विवाह) आदिलाई पूर्णतः हटाउन सामूहिक संकल्प गरिएको उल्लेख छ ।
बालवालिकालाई गुणस्तरीय शिक्षा, स्वास्थ्य र संस्कार जीवनीमा प्रोत्साहित गरिने, देव जातिको मातृभाषा मैथिलीको सम्बद्र्धन र सम्मुनतिका लागि तत्कालै हरेक क्षेत्रबाट यथोचित प्रयास गर्ने, स्वजातीय संस्कार, लोक परम्परा, गीत– नृत्य तथा धार्मिक आस्बालाई संरक्षण र प्रवद्र्धन गर्ने दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने र थप आवश्यक सहयोगको लागि संघीय, प्रदेश तथा स्थानीय सरकार समेतलाई सिफारिस गर्ने निर्णय भएको घोषणा पत्रमा जनाइएको छ ।
आफ्‌नै सांस्कृतिक पर्व, नृत्य, गीत, रीतिरिवाजलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन विशेष कार्यक्रम सञ्चालन गरिने, देवजाति धर्म–आधारित सद्भाव, सहिष्णुता र मानवतावादको भावनालाई विश्वमा फैलाउने, नेपालमा मात्र नभई भारत लगायत अन्य मुलुकमा रहेका देवजाति समुदायसँग एकता, सहकार्य र ज्ञान– अनुभव आदानप्रदान गरिने, अन्तर्राष्ट्रिय मञ्चमा देव जातिको अधिकार र अस्तित्व उजागर गर्ने अभियान चलाइने, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, मानव अधिकार आयोग तथा विभिन्न विकास साझेदारसँग सहकार्य गरी देव जातिको उत्थानका लागि कार्यक्रम ल्याइने घोषणा पत्रमा उल्लेख छ ।
वागेश्वरी सेवा समिति राजविराज, भवानी सेवा समिति राजविराज, बिराट देव सेवा समिति
विराटनगर, झापा देव समाज झापा, देव समाज काठमाडौं र देव सेवा समिति काठमाडौंको संयुक्त आयोजनामा महासम्मेलनको आयोजना गरिएको थियो ।
असोज १७ देखि १९ गतेसम्म आयोजना गरिएको महासम्मेलनमा नेपालसहित भारतका देव समुदायहरुको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आर्थिक रुपले विपन्न रहेका देव समुदायका पाँच जना विद्यार्थीलाई सहयोग

Next Post

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउँदै

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, राजविराजले रजत जयन्ती मनाउँदै

सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

उच्च अदालत राजविराज आजदेखि पूर्ण रुपमा संचालन हुँदै, नियमित मुद्दा पेशी र सुनुवाई २६ गतेवाट हुने

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.