ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिपछि राजविराजको हिन्दु-मुश्लिम विवाद समाधान 

Loading

राजविराज । पुरानो निर्णय कार्यान्वयन गर्ने सहमति भएपछि राजविराजमा भएको हिन्दु-मुश्लिम विवाद समाधान भएको छ ।

राजविराज नगरपालिका वडा नम्बर २ गुलाव ग्यारेज अगाडिको जग्गामा दुई समुदायबीच विवाद भएको थियो । हिन्दु समुदायले उक्त जग्गामा दीपावली पर्व मनाउन भन्दै बजरंगबलीकाे झन्डा गाडेपछि मुश्लिम समुदायले विवाद गरेका थिए । मुश्लिम समुदायले आफुहरु उक्त जग्गामा मोहररम पर्व मनाउँदै आएको र धार्मिक भावनामा चोट पुगेको भन्दै रोक्न जाँदा दुबै पक्षबीच झडप नै भएको थियाे ।

एलानी जग्गा भएको याे ठाउँमा मुश्लिम समुदायले मोहररम पर्व मनाउदै आएकोमा गत असारमा स्थायी संरचना निर्माण गरेको थियो । राजविराज नगरपालिकाले मुश्लिम समुदायका लागि संरचना निर्माण गरिदिएपछि त्यस बेला हिन्दु समुदायले बिराेध गरेकाे थियाे ।

हिन्दुकाे विरोध गरेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले उक्त स्थायी संरचना हटाउने निर्णय भएको थियो ।

२० असारमै भएको यो निर्णय भने अहिलेसम्म कार्यान्वयन भएको थिएन ।

मंगलबार भएकाे झडपपछि पुनः जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले २० असारको निर्णय कार्यान्वयन गर्ने निर्णय भएको छ । बैठकले २२ असोज बुधबारसम्म उक्त संरचना हटाउने निर्णय गरेको छ । हटाउने जिम्मेवारी राजविराज नगरपालिकालाई दिइएको छ ।

उक्त ठाउँमा अन्य व्यक्तिहरूले राख्दै आएको सबारीसाधन आफैं हटाउने निर्णय बैठक्ले गरेको छ ।

यस्तै, बैठकले हिन्दु समुदायले पनि उक्त ठाउँमा लक्ष्मी पूजा नगरी अर्को ठाउँमा गर्ने निर्णय भएको छ । यो जग्गामा कुनै पनि धर्म सम्प्रदाय झल्किने झण्डा पनि नराख्ने निर्णय भएको छ ।

यी निर्णयपछि दुबै पक्षबीच सहमति भै विवाद समाधान भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी महाेत्सव नहुने, गरियो स्थगित

Next Post

उच्च अदालत राजविराज आजदेखि पूर्ण रुपमा संचालन हुँदै, नियमित मुद्दा पेशी र सुनुवाई २६ गतेवाट हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

उच्च अदालत राजविराज आजदेखि पूर्ण रुपमा संचालन हुँदै, नियमित मुद्दा पेशी र सुनुवाई २६ गतेवाट हुने

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

तलव नपाएको भन्दै खडक नपामा शिक्षकले गरे तालाबन्दी, भोलिदेखी पठनपाठन ठप्प गर्ने चेतावनी

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

राजविराज बसपार्कबाट सबारी साधन संचालन गरिने निर्णय 

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

जेनजी युवाहरुले बुझाए ज्ञापन, बन्द गराइयो मेला

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : पत्रकार भन्दै प्रहरीलाई गालीगलौज गर्ने व्यक्ति पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.