![]()
राजविराज । सप्तरी प्रहरीले निर्धक्कका साथ चाडपर्व मनाउन सबैसँग आग्रह गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, सप्तरीले एक विज्ञप्ती जारी गर्दै प्रभावकारी रुपमा सवारी आवागमन, शान्ति सुरक्षा सु–व्यवस्था मिलाइएकाले विजया दशमी, दिपावली र छठ पर्व २०८२ निर्धक्क, ढुक्क साथ भयरहित वातावरणमा आ–आफ्नो धार्मिक रीतिरिवाज, आस्था विश्वास, मूल्य मान्यता अनुसार मनाउन सम्पूर्ण जिल्लावासीसँग अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यलय, सप्तरीको मातहत प्रहरी कार्यालयहरू समेतमा रिजर्भ, स्टेण्डवाई/स्ट्राईकिङ्ग, अनुगमन/चेकिङ्ग, सवारी गस्ती, संयुक्त चेकिङ्ग, पैदल गस्ती, पिकेट, महत्वपूर्ण प्रतिष्ठान, विशिष्ट व्यक्ति सुरक्षा, धार्मिक स्थलको सुरक्षा, आर्थिक कारोवार हुने स्थानको सुरक्षा, यात्रु सहायता कक्ष, झै–झगडा, जुवा तास, माद क पदार्थ सेवन नियन्त्रण, सीमानाका सुरक्षा, क्यूआरटी मोटरसाइकल, राजमार्ग स्कटिङ्ङ्ग, एम्बुस टोली, आकस्मिक सभा, जुलस, धर्ना लगायत कार्यक्रमको सुरक्षा मिलाइएको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, मादक पदार्थ सेवन चेकिङ्ग (ट्राफिक सहित), विशेष चेकिङ्ग (लामो दूरीका सवारी), कर्डन एन्ड सर्च लगायतका डिउटीहरु मातहत समेतबाट सम्पूर्ण डिउटीहरु परिचालन हुने गरी प्रहरी उपरीक्षकको नेतृत्वमा कमाण्ड पोष्ट खडा गरिएको प्रहरीको भनाई छ ।
सप्तरी प्रहरी प्रमुख एसपी गौतम कुमार केसीले रिजर्भबाहेक ट्राफिक सहित ९१४ जना प्रहरी जनशक्ति परिचालन गरी प्रभावकारी रुपमा सवारी आवागमन, शान्ति सुरक्षा सु–व्यवस्था मिलाईएको जानकारी दिए ।












