![]()
राजविराज । सप्तरीमा भएको सबारी दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।
जिल्लाको कंचनरुप नगरपालिका २ बरमझियास्थित पुर्व पश्चिम राजमार्गमा गएराती १०:४५ बजेतिर
जनकपुरबाट काकडभिट्टा तर्फ जादै गरेको मधेश प्रदेश ०२-००१ ख ०२८७ नम्बरको यात्रुबाहक बस र बिपरित दिशाबाट आउदै गरेको ना ३ ख ४४०२ नं.को ट्रक एक आपसमा ठक्कर खाई दुर्घट्ना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका एक पुरुषको मृत्यु भएको छ । करिब एक दर्जन व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ४ जना भारतीय छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।












