ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी बाट १०५ जनाको उम्मेदबारी, सबैभन्दा बढी क्षेत्र नम्बर २ बाट (नामावलीसहित)


सप्तरी बाट १०५ जनाको उम्मेदबारी, सबैभन्दा बढी क्षेत्र नम्बर २ बाट (नामावलीसहित)

Loading

एस.के.शान
सप्तरीबाट प्रतिनिधी सभा सदस्य पदका लागि १०५ जनाले उम्मेदबारी दिएका छन् । चार पदका लागि यत्रो उम्मेदबारी परेको हो ।
सबैभन्दा बढी क्षेत्र नम्बर २ बाट उम्मेदबारी परेको छ । यो क्षेत्रबाट १४ जना स्वतन्त्रसहित ३४ जनाले उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर १ बाट २२ जनाको उम्मेदबारी पर्दा एउटै पार्टीबाट दुई जनाको दर्ता भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट दुई जनाले उम्मेदबारी दिएका छन् । एक जनाको खारेज हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
क्षेत्र नम्बर ३ बाट पनि २२ जनाको उम्मेदबारी पर्दा क्षेत्र नम्बर ४ बाट २७ जनाले उम्मेदबारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ मा को–को उम्मेदबार ?
सप्तरी क्षेत्र नम्बर १ बाट २२ जनाले उम्मेदबारी दिएका छन् । कंचनरुप नगरपालिका ८ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदबारी दिएका हुन् ।
उम्मेदबारी दिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सत्यजीत कुमार झा, नेपाल जनता पार्टीबाट दिपेन्द्र प्रसाद यादव, नेपाली कांग्रेसबाट जिल्ला सभापति समेत रहेका रामदेव साह, नागरिक उन्मुक्ति पार्टीबाट टिकालक्ष्मी चौधरी, जनमत पार्टीबाट जयकान्त राउत, जनता समाजवादी पार्टी, नेपालबाट श्यामसुन्दर सरदार, नेपाल जनता संरक्षण पार्टीबाट खेमराज जैशी, नेपाली कम्युनिष्ट पार्टीबाट सागर कुमार चौधरी र रबीन्द्र कुमार चौधरी, स्वाभिमान पार्टीबाट सुमित कुमार, नेकपा एमालेबाट सुमनराज प्याकुरल छन् ।
यस्तै, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट कौशल साह, उज्यालो नेपाल पार्टीबाट हर्खनारायण चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुष्पा कुमारी चौधरी, राष्ट्रिय एकता दलबाट शम्भु प्रसाद देवले उम्मेदबारी दिएका छन् ।
यो क्षेत्रबाट उम्दा देवी सदा, लेखनाथ कुमार ठाकुर, रिजवाना खातुन, रामकुमारी खंग, मो. अमिन, संजय कुमार शर्मा र जगदेव सदाले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर २ बाट कति उम्मेदबार ?
निर्वाचन क्षेत्र नम्बर २ बाट ३४ जनाले उम्मेदबारी दिएका छन् । यो क्षेत्रबाट राष्ट्रिय अध्यक्षदेखि पूर्व मुख्यमन्त्रीसम्मले राजीनामा दिएका छन् ।
उज्यालो नेपाल पार्टीबाट दिपक चौधरी, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट सुनिल राज दास, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाल मजदुर किसान पार्टीबाट निलम कुमारी यादव, नेपाल जनता पार्टीबाट रन्जु कुमारी झा (ठाकुर), जनता लोकतान्त्रिक पार्टी, नेपालबाट बलराम प्रसाद यादव र जनता समाजवादी पार्टी, नेपालबाट उमेश कुमार यादवले उम्मेदबारी दिएका छन् ।
यस्तै, जनमत पार्टीबाट अध्यक्ष चन्द्रकान्त राउत, नेपालका लागि नेपाली पार्टीबाट इन्द्रसागर गुप्ता, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिन्ह) बाट राजकुमार मण्डल, स्वाभिमान पार्टीबाट सतिश कुमार सिंह, नेपाली कांग्रेसबाट रामकुमार यादव, राष्ट्र निर्माण दल नेपालबाट अफरोज आलम, नेकपा एमालेबाट मो. जियाउल रहमान, श्रम संस्कृति पार्टीबाट त्रिभुन खंग, सार्वभौम नागरिक पार्टीबाट दिप कुमार मण्डल, नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यनाथ प्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट अनिस अन्सारी, जनअधिकार पार्टीबाट शरदसिंह यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अजय कुमार दासले पनि यो क्षेत्रबाट उम्मेदबारी दिएका छन् ।
यो क्षेत्रबाट पारशमणी यादव, जितेन्द्र कुमार यादव, साधना दास, विशेश्वर यादव, सन्तोष कुमार रजक, किसुनदेव राम, संजय कुमार चौधरी, बिनोदानन्द झा, सुशिला कुमारी साह, रामबिलास ठाकुर, अभिनास कुमार सिंह, अम्बिकादेवी साफी, बिन्दु कुमारी चौधरी र प्रेम कुमार यादवले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ३ बाट को–को ?
यो क्षेत्रबाट २२ जनाले उम्मेदबारी दिएका छन् ।
जसमा बहुजन एकता पार्टी नेपाल (एकल चुनाव चिन्ह) बाट महादेव राम, नेपाल मजदुर किसान पार्टीबाट प्रभु प्रसाद साह, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट धनिक लाल चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरकान्त चौधरी, नेपाल जनता पार्टीबाट सन्तोष कुमार चमन, जनता समाजवादी पार्टी, नेपालबाट पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट जिल्ला अध्यक्ष रहेका ताराकान्त चौधरी, नेपाली कम्युनिष्ट पार्टीबाट अरुण कुमार साह, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट गजेन्द्र कुमार मण्डल, उज्यालो नेपाल पार्टीबाट परमेश्वर लाल साह, नेपाली कांग्रेसबाट दिनेश कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्देश्वर प्रसाद साहु, जनमत पार्टीबाट सुरेन्द्र प्रसाद शर्मा र श्रम संस्कृति पार्टीबाट जयनारायण मण्डलले यो क्षेत्रबाट उम्मेदबारी दिएका छन् ।
प्रभुनारायण चौधरी, कौशल कुमारी चौधरी, ओमप्रकाश विश्वकर्मा, हरिनारायण पासवान, रजिया देवी सदा, सरिता कुमारी यादव, कोशिला देवी पासवान, दुबीलाल यादवले यो क्षेत्रबाट स्वतन्त्र उम्मेदबारी दिएका छन् ।
क्षेत्र नम्बर ४ बाट को–को ?
यो क्षेत्रबाट २७ जनाले उम्मेदबारी दिएका छन् ।
उज्यालो नेपाल पार्टीबाट विशो कुमार यादव, नेपाली कांग्रेसबाट तेजुलाल चौधरी, जनता समाजवादी पार्टी, नेपालबाट बाबी सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुप कुमार न्यौपाने, नेपाल मजदूर किसान पार्टीबाट रामनारायण साह, नेपाल जनता पार्टीबाट कोशल किशोर दास, नेकपा एमालेबाट गंगा प्रसाद चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सिताराम साह, जनमत पार्टीबाट जितेन्द्र कुमार साह, नेपाली कम्युनिष्ट पार्टीबाट रुबी कुमारी कर्ण, नागरिक उन्मुक्ति पार्टीबाट रमाकान्त चौधरी, राष्ट्र निर्माण दल नेपालबाट मो. जाकिर अली, नेपाली जनता दलबाट रामबाबु रजक, आम जनता पार्टी (एकल चुनाव चिन्ह) बाट अनिता कुमारी चौधरीले उम्मेदबारी दिएका छन् ।
यो क्षेत्रबाट सनम कुमारी चौधरी, रामेश्वर मण्डल धानुक, सुनिल कुमार यादव, सन्तोष प्रसाद सिंह, सुरेन्द्र प्रसाद साह, केश्वर प्रसाद साह, श्यामसुन्दर साहु, किर्तिनन्द चौधरी, दुर्गा प्रसाद यादव, संजीब कुमार साह, शिबकुमार कापैर, बिनोद कुमार मण्डल र प्रेम कुमारी महराले स्वतन्त्र उम्मेदबारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

Next Post

राजविराजमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना

राजविराजमा उज्यालो नेपाल पार्टीको कार्यालय स्थापना

सप्तरीका ६ नेता, जसले दल परिवर्तन गरी दिए उम्मेदबारी

सप्तरीका ६ नेता, जसले दल परिवर्तन गरी दिए उम्मेदबारी

राष्ट्रिय सभाको निर्वाचनका लागि बढ्यो मतभार

सप्तरीमा दुई जनाले लिए उम्मेदबारी फिर्ता

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.