ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा


एकै परिवारका काका–भतिजा एकै क्षेत्रको चुनावी मैदानमा

Loading

एस.के. शान

राजविराज । सप्तरीबाट एकै परिवारका काका–भतिजा चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ निवासी ताराकान्त चौधरी र अमरकान्त चौधरीले आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदबारी दर्ता गराएका छन् । ताराकान्त काका हुन् भने अमरकान्त भतिजा ।

तारकान्तले नेकपा एमालेबाट उम्मेदबारी दिँदा अमरकान्तले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदबारी दिएका छन् । यो दुबैले क्षेत्र नम्बर ३ बाट उम्मेदबारी दिएका छन् ।

अमरकान्त ताराकान्तका जेठो दाजु चन्द्रकान्तका छोरा हुन् । दुबै आफूहरु नै जित्ने र एकै परिवारका दुईको उम्मेदबारीले कुनै फरक नपर्ने दावी गर्छन् ।

ताराकान्त २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा एमालेबाटै निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा पनि उनी उम्मेदबार बने । उक्त निर्वाचनमा ताराकान्तका दाजु चन्द्रकान्त पनि उम्मेदबार बनेका थिए तत्कालिन राष्ट्रिय जनता पार्टी (राजापा) बाट । तारकान्त पराजित भए र चन्द्रकान्तले जीत हात पारेका थिए ।

चन्द्रकान्तको गत २६ पुसमा निधन भयो । पिताको क्रिया बसेकै अवस्थामा अमरकान्तले ६ माघमा उम्मेदबारी दर्ता गराएका छन् । अमरकान्त भन्छन्, ‘नयाँ नेपाल बनाउन आफू उम्मेदबार बनेको हुँ ।’

काका भन्छन्‌–लड्दिनँ भन्ने मान्छे एक्कासी उम्मेदबारी दर्ता गराए

तारकान्त अमरकान्त एक्कासी उम्मेदबारी दिएको बताउँछन् । ‘उम्मेदबारी दर्ता गराउने अघिल्लो दिनको राति १२ बजेसम्म पनि म उम्मेदबार नबन्ने व्यक्तिले एक्कासी उम्मेदबारी दर्ता गराएको छ’ उनी भन्छन्, ‘आठ बर्षअघि दाजुले जुन काम गर्नुभएको थियो, त्यो अहिले भतिजोले गरेका छन् ।’

ताराकान्तका अनुसार २०७४ को चुनावमा जेठो दाजु चन्द्रकान्तले चुनाव लड्दिनँ, तिमीलाई सहयोग गर्छु भन्नुभएको थियो’ उनी सम्झन्छन्, ‘तर दाजु एक्कासी उम्मेदबार बन्नुभयो ।’

अहिले उहाँको छोराले पनि त्यसै गरेको उनी बताउँछन् । ‘अमरकान्तले पनि उम्मेदबारी दर्ता गराउने दिन बिहानसम्म म उम्मेदबार नबन्ने बताएर पुनः उम्मेदबारी दिएका छन्‌’ उनले भने ।

‘यसपटक दाजु बितेपछि अस्ति भर्खर कर्म सकायौं । हामी दिनरात एक गरेर कर्म र भोज गर्‍यौं । सामानहरु आफैं बोकेर ल्याएँ । कर्मका निम्ति सबै थोक व्यवस्थित गरिदिएको थिएँ’ उनी भन्छन्, ‘राति ११ बजेसम्म भतिजाले जो आएपनि म चुनाव लडदिनँ भनेका थिए । बिहान पनि त्यहीं कुरा भने, तर उम्मेदबारी दिए ।’

ताराकान्त भतिजाको उम्मेदबारीले खासै फरक नपार्ने बताउँछन् । ‘मलाई लाग्छ कुनै खास फरक पर्देन’ उनले भने, ‘किनभने उहाँ राजनीतिक मान्छे नै होइन् । उहाँको व्यबहार क्षेत्रभरिका मान्छेलाई थाहा छ । जसले जतिखेर जे भन्छ त्यसमै उठिहाल्ने यो चरित्र त राम्रो भएन ?’

तारकान्तले अमरकान्तलाई राजनीतिक ज्ञान समेत नभएको बताउँछन् ।

भतिजा भन्छन्‌–नयाँ नेपाल बनाउन उम्मेदबारी दिएँ

ताराकन्तका भतिजा अमरकान्त यसअघि २०७९ को चुनावमा डाक्नेश्वरी नगरपालिकाको मेयर पदमा उम्मेदबारी दिएका थिए लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट । तर पराजित भएका थिए ।

अमरकान्त भन्छन्, ‘यो भन्दा अघि २०७४ को चुनावमा पनि बुवा र अंकल दुबै लड्नुभएको थियो । अहिले म लडेको छु ।’

उनले अंकललाई उम्मेदबारी नदिने सम्बन्धमा त्यस्तो कुनै वचन नदिएको दाबी गरे ।

अंकलले उम्मेदबारी दिएपनि आफूलाई कुनै फरक नपार्ने उनी बताउँछन् । ‘यसले मलाई पनि कुनै प्रभाव पार्देन्‌’ उनी भन्छन्, ‘युवाले नयाँ नेपाल बनाउँछ त्यसका लागि म लागेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा दुई जनाले लिए उम्मेदबारी फिर्ता

Next Post

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

क्षेत्र नै जर्जर देखेपछि उम्मेदबारी दिएको छु : शरदसिंह यादव

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.