ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान


गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

Loading

एस.के. शान
प्रत्येक बर्ष १० माघमा सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व. गजेन्द्रनारायण सिंहको पुण्यतिथी मनाइन्छ । स्व. सिंहलाई मधेसको प्रणेता भन्दै नेताहरुले उनको शालिकमा माला लगाएर उनको जीवनीको बारेमा बोल्ने बाहेक केहि गर्न सकेका छैनन् ।
यस बर्षको पुण्यतिथीको अवसरमा कुनै कार्यक्रमको समेत आयोजना गरिएन् । स्व. सिंहको नामसँग अस्पताल, उद्योग, प्रतिष्ठानको नाम जोडिएपनि ती अस्पताल र प्रतिष्ठानहरुको अवस्था दयनीय छ । नेताहरुले स्व. सिंहलाई मधेशको मसिहा भनेपनि उनको नामलाई बिभिन्न प्रतिष्ठानसँँग जोडेर छाडिदिएपछि ती प्रतिष्ठानहरुको कन्तविजोग भएको छ ।
नेताहरुका कारण स्व. सिंह आफ्‌नै गृहजिल्लामा मरणोपरान्त अपमानित छन् । नेताहरुले उनको नाम बिभिन्न क्षेत्रसँग जोडि त दिए तर सबै तहसनहस अवस्थामा छ । स्व. सिंह नामांकरण गरिएको सप्तरी सदरमुकाम राजविराजको गजेन्द्र चोक, राजविराजस्थित सगरमाथा अंचल अस्पताल, राजविराज औद्योगिक क्षेत्र नाम मात्रको छ । यस्तो अवस्थामा पनि नेताहरु अन्य क्षेत्रमा उनको नाम जोड्न पछि छैनन् ।
जनआन्दोलन २ पश्चात बनेको बिभिन्न सरकारमा सद्भावना पार्टीको सहभागिता रह्यो । बारम्बार सरकारमा रहेपनि गजेन्द्रनारायण सिंहको नाम जोडिएका पूर्वाधारहरु लथालिङ्ग रहनु बिडम्बना भएको बुद्धिजिवीहरु बताउँछन् ।
माघ, २०६३ मा भएको मधेस आन्दोलनको समयमा राजविराजको मुटु मानिने त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको शालिक भत्काएर गजेन्द्र चौक नामांकरण गरिएको थियो । त्यसपछि आपूर्ती मन्त्री बनेका तत्कालिन सद्भावना अध्यक्ष राजेन्द्र महतोले गजेन्द्रको शालिक शिलान्यास गरेका थिए । तर, शालिक लामोसमयसम्म लागेको थिएन् । शालिक लागेपनि आसपासको सडकको अवस्था दयननी छ ।
नामांकरण गराउनेतर्फ मात्र सकृय तत्कालिन सद्भावना नेताहरुले भारत सरकारको सहयोगमा निर्माण भएको राजविराज औद्योगिक क्षेत्रलाई पनि गजेन्द्रकै नामबाट जोडाएका छन् । तर, दुईसय बिघामा फैलिएको औद्योगिक क्षेत्रमा अहिले आएर केही उद्योग संचालनमा आएको छ । राजविराज औधोगिक क्षेत्रको नामवाट २०४४ सालमा स्थापित उक्त औद्योगिक क्षेत्रलाई विकाश गर्न हृदयेश त्रिपाठी उद्योग मन्त्री भएका बेला सिंहको नामसँग जोडेर स्थापित गर्ने प्रयास गरिएपनि औद्योगिक क्षेत्रलाई घेरेको कालो बादलले अहिलेसम्म मुक्त गर्न सकेका छैनन् ।
त्रिपाठी त्यसबेला सद्भावना (आनन्दीदेवी) का वरिष्ठ नेता कहलिन्थे ।
२ सय ९४ रोपनी (साढे २२ विघा) मा फैलिएको औद्योगिक क्षेत्रलाई भारत सरकारले २०५१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यसभित्र बैंक भवन, हुलाक, स्वास्थ्य किलनिक भवन, चमेना गृह, गेस्ट हाउस, विद्युत टेलिफोन लगायत सम्पुर्ण सुविधा सम्पन्न छ । जसमा १० वटा घरेलु उद्योगहरु सञ्चालन गर्न सकिन्छ । औद्योगिक क्षेत्रका केही भवनहरु जीर्ण अवस्थामा पुगिसकेको छ ।
स्व. सिंहले निर्माण गरेका सप्तरी सेवा आश्रम उनकै भतिजा यसबन्त सिंहले कव्जा गरेका छन् । सिंहको समाधीस्थल समेत रहेको सो आश्रम भत्काएर यहाँ ठूलो घर बनाइएको छ । सेवा आश्रममै गजेन्द्रबाबुको नामसँग जोडिएको प्रतिष्ठान थियो ।
तत्कालिन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो स्वास्थ्य मन्त्री रहेको बेला सगरमाथा अंचल अस्पतालको नाम अगाडि स्व. सिंहको नाम जोडे । तर अस्पतालको दरबन्दी अनुसारको चिकित्सक अहिलेसम्म छैन् । यो अस्पतला अहिले पनि रेफरल सेन्टरकै नामले चिनिएको छ । उपकरण भएपनि त्यसै थन्किएको छ अस्पतालमा ।
गजेन्द्र सिंहको नाम बेचेर राजनीतिकमा पहँुच बनाएकाहरुले उनकै नाम अपमानित गर्नु सरह हो । लथालिङ्ग भइसकेको क्षेत्रसँग उनको नाम जोड्नु र तत्‌पश्चात पनि सुधारका लागि कुनै प्रयास नगर्नु ले गजेन्द्रबाबुको मात्र नभएर सम्पूर्ण मधेसी नै अपमानित बनेको भन्दा अनुप्युक्त नहोला ।
गजेन्द्र सिंहका सहकर्मी सीताराम मण्डलले केही बर्ष अघि भनेका थिए, मधेसीको आवाज बुलन्द पार्न लगाउने व्यक्तिको नाम जोड्दै लग्नु र त्यसको कुनै देखभाल नगर्नु दुःखद हो ।
मधेशी बुद्धिजिवीहरुका अनुसार स्व. सिंहको शालिकमा माला लगाउनुभन्दा उनको नामसँग जोडिएका प्रतिष्ठानहरुलाई समेद्धि बनाउनु नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

देश नै नरहने हो कि भन्ने अवस्था पनि सृजना हुन सक्छ : सिके राउत

Next Post

क्षेत्र नै जर्जर देखेपछि उम्मेदबारी दिएको छु : शरदसिंह यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

क्षेत्र नै जर्जर देखेपछि उम्मेदबारी दिएको छु : शरदसिंह यादव

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

राजविराज जेसिजकाे अध्यक्षमा राय

राजविराज जेसिजकाे अध्यक्षमा राय

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.