ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

क्षेत्र नै जर्जर देखेपछि उम्मेदबारी दिएको छु : शरदसिंह यादव


जनमत पार्टीबाट अलग भएका शरद सिंहले पनि सप्तरी–२ बाटै गराए उम्मेदबारी दर्ता

Loading

राजविराज । मधेशी राजनीति पृष्ठभूमीबाट उदाएका व्यक्ति हुन् डा. शरदसिंह यादव । तत्कालिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट राजनीति यात्रा शुरु गरेका उनी पछिल्लो समय जनमत पार्टीमा सकृय भएर काम गरेका छन् । जनमतका प्रवक्ता रहेका उनी पार्टी अध्यक्ष डा. सिके राउतका दाहिने हात नै मानिएका थिए ।

यहीं यादव अहिले राउतबिरुद्ध नै उम्मेदबारी दिएका छन् । डा. राउतले सप्तरी–२ मा उम्मेदबारी दिँदा यादवले पनि आफ्‌नै नेतृत्वमा जन अधिकार पार्टी बनाएर यहीं क्षेत्रबाट उम्मेदबारी दिएका छन् । उनी भन्छन्, ‘यो क्षेत्रको जर्जर अवस्था देखेपछि सुधार्ने योजनाका साथ उम्मेदबारी दिएको छु ।’

मधेशको अधिकारको नाममा जनताको मत लिई यहाँबाट जितेर गएकाहरुले अधिकार प्राप्तिकै कुरा गरिरहँदा विकासीय कामहरु ओझेलमा परेको बताउँछन् उनी । ‘अधिकार प्राप्तिको लडाईमा केहि त भएको छ, तर अधिकार प्राप्तिको लडाई लामो भएको हुनाले विकासहरु ओझेलमा पर्‍यौं र हामी जर्जर अवस्थामा पुग्यौं’ उनी भन्छन्, ‘मेरो उम्मेदबारी यहीं कुराहरुलाई लिएर हो ।’

आफूले अधिकार प्राप्ति सँगसँगै क्षेत्रको आधारभूत आवश्यक्ताहरु पूरा गर्न र विकासको मूल फुटाउन उम्मेदबारी दिएको उनको भनाई छ ।

सप्तरी–२ आफ्‌नो जन्मस्थान रहेको भन्दै उनी यहीं क्षेत्रमा रहेको नेपालकै पहिलो टाउन प्लानिङ्ग सिटी राजविराज नगरपालिकाको अवस्था कहालिलाग्दो रहेको बताउँछन् । ‘जयपुरको ढाँचामा बनाइएको शहर दिनप्रतिदिन पछि पर्दै गएको छ । यहाँका विद्यालय र कलेजमा पहाडका विद्यार्थी पढ्न आउँथे, अहिले यहाँको शिक्षाको अवस्था डामाडोल छ ।’

महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस देशकै शान भएको भन्दै उनले अहिले यो क्याम्पसको हवीगत भएको उनको भनाई छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा धेरै ठाउँबाट बिरामी उपचारका लागि आउने गरेपनि अहिले अस्पतालबाट बिरामीहरु बाहिर पठाइने गरेको छ’ उनले भने, ‘समग्रतामा शिक्षा र स्वास्थ्यको अवस्था कहालिलाग्दो छ ।’

क्षेत्रका युवाहरु कुलतमा फँस्दै गएको अर्को समस्या यहाँ बिकराल रहेको उनी बताउँछन् ।

यहीं समस्याहरुलाई केन्द्रमा राख्दै समाधानका निम्ति आफू उम्मेदबार बनेको उनको भनाई छ ।

देशमका भ्रष्टाचार बेथितिबिरुद्ध २४ भदौमा जेनजी आन्दोलनले ल्याएको परिवर्तनले विश्व नै अचम्भित भएको भन्दै उनले मधेशमा पनि एउटा परिवर्तन लहर ल्याउन आफूले पार्टी नै गठन गरेको उनी बताउँछन् । ‘अहिले परिवर्तन पुराना मधेशवादी पार्टीहरुबाट सम्भव नहुने देखेर आफूले नयाँ बार्टी नै बनाएको उल्लेख गर्दै उनी भन्छन्, ‘अब हामी मिलेर जनताको अधिकारका लागि र विकासका अघि बढ्नुपर्छ ।’

यो निर्वाचनले पार्टीलाई जनताको म्यान्डेड मार्फत संस्थागत गर्ने प्रयासमा रहेको भन्दै उनले सप्तरीसहित हरेक जनताले पार्टीलाई माया गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

गज्जू बाबूको पुण्यतिथी : नामसँग प्रतिष्ठान, तर गराइयो अपमान

Next Post

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

राजविराज जेसिजकाे अध्यक्षमा राय

राजविराज जेसिजकाे अध्यक्षमा राय

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.